ईन्द्र जात्राको लिंगो ठडाउने शुभ साहित बिहान ८:१५ मिनेट जादा,
प्रकाशित मिति : भाद्र १६, २०७४ शुक्रबार

ईन्द्र जात्राको लिङ्गो ठडाउने शुभ साहित १८ गते बिहान ८:१५ मिनेट जादा जुरेको छ ,भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ। तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाइ ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ।
नेपाल भाषामा ‘योसीं’ भनिने उक्त लिंgगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन। इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ।
साथै हनुमान ढोकामा ईन्द्र जात्राको लागी रथ पनि तयारी अबस्तथामा राखियको छ र ईन्द्र जात्रा भने भाद्र २० गते अर्थत आगामी मंगलवारका दिन परेको छ ।