सोमालियाको खाद्य सङ्टक समाधानमा गम्भीर हुन आग्रह


प्रकाशित मिति : भाद्र १६, २०७४ शुक्रबार

संयुक्त राष्ट्रसंघ, १६ भदौ । सोमालियामा जारी रहेको खाद्य सङ्कटको समाधानका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । यहाँ अहिले पनि ठूलो संख्याका नागरिकमा यो समस्या रहेको भन्दै त्यसको सामाधानमा आग्रह गरेको हो ।

सोमालियामा एक पछिल्लो तयाङ्कअनुसार करिब ६२ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोगिरेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य सुरक्षा कार्यक्रमका अनुसार हाल यो अवस्था रहेको सोमालियामा आगामी महिनाहरुमा खाद्यान्नको सङ्कटन अझै चरम रुपमा हुने छ ।

खाद्य असुरक्षाको अवस्थामा सामान्य सुधार आएको केही आन्तरिक संघ संस्थाले जनाएको भए पनिसोमालियामा नागरिकलाई जीविका चलाउन गाह्रो भएको पाइएको हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

गएको जुलाई महिनामा गरिएको अध्ययनले सोमालियामा ३१ लाख नागरिकले तीब्र रुपमा खाद्य सङ्कट व्यहोर्नुपरेको पाइएकोे थियो । सो अवस्था पछिल्ला महिनाहरुमा झन बढ्दै गएको हालै जनाइएको थियो ।

यसरी अहिले पनि ठूलो संख्यामा त्यहाँका नागरिकमा खाद्य असुरक्षाको समस्या जारी रहेको छ । पछिल्ला समयमा त यसरी खाद्यान्नको सङ्कट झेल्नुलाई असामान्य स्थितिका रुपमा समेत लिने गरिएको छ ।

सोमालियमा हिंसात्मक हमलाहरु हुने गरेका छन् । त्यसैले अहिले पनि यहाँका ठूलो संख्याका नागरिक द्वन्द्वबाट विस्थापित भई आन्तरिक तथा बाह्य रूपमा शरणार्थी जीवन बिताइरहेका छन् ।

यी नागरिक अझ बढी समस्यामा पर्ने गरेका छन् । जारी द्वन्द्वका कारण यहाँको खेतीयोग्य जमिन पनि प्रयोगमा ल्याउन नसकि बाँझो बनेको र यसले गर्दा खाद्यान्नमा परनिर्भर रहनुपर्ने बाध्यता रहेको पनि सो अध्ययनले देखाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com