नेपालले टी २० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्सको सामना गर्दै


प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार

Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Syed Haider of United Arab Emirates during the ACC Men’s Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपालले मंगलबार राति आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा ९ बजे खेल्ने तय भएको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा नेपालले डेब्यू गरेको थियो । त्यसकारण मंगलबार नेपाल भिड्दा १० वर्षपछि विश्वकपमा फर्कनेछ ।

समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । सुपर ८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ ।

समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड प्रेरीमा जारी टी २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ । डालास क्षेत्रमा नेपाली समुदायको बस्ती रहेकाले ग्रान्ड प्रियरी मैदानमा नेपालका हजारौं समर्थक आउने अनुमान गरिएको छ।

नेदरल्यान्ड्स ७ महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकप खेल्ने एक्लो एसोसिएट टोली हो । दुई वर्षअघि उसले टी २० विश्वकप पनि खेलेको थियो । तीन महिनाअघि नेदरल्यान्ड्स, नेपाल र नामिबियाले कीर्तिपुरस्थित त्रिवि मैदानमा टी २० सिरिज र लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेलेका थिए ।

नेदरल्याण्ड्सका प्रशिक्षक रयान कुकले वर्तमान समयमा नेपाल राम्रो टिम भएको बताउँदै विश्वकपका हरेक खेल ठुलो र महत्वपुर्ण खेल हुने बताएका छन् ।
नेपालका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरूद्धको खेलका लागि नेपाली टोली पूर्ण फिट रहेको पनि बताएका छन ।

हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच टी २० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।

नेपाली टोली
रोहित पौडेल ( कप्तान) , आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com