वैदेशिक रोजगारबाट फर्किएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग


प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार

नेपाली कांग्रेसका सांसद तथा पूर्व मंत्री दीपक गिरीले विदेशबाट काम गरेर फ़र्किएका नेपालीहरुलाई तीन महिना भित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले नेपालमा मृगौलाका कूल बिरामी मध्ये झन्डै तीस प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपालीहरु रहेको तथ्यांकहरुले देखेको जनाए ।

” त्यसैले म विदेशबाट फ़र्किएका नेपालीहरुले तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नु पर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसंग जोडदार माग गर्दछु,” उनले भने।

सांसद गिरीले रेमिटान्स  ले नेपाली अर्थतन्त्र धानिरहेको भएता पनि यसको लागि नेपालीहरुले ठूलो मूल्य पनि तिर्नु परिरहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसद गिरीले नेपालको अर्थतन्त्र धानिरहेका वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको बताए।

वैदेशिक रोजगार बोर्डका अनुसार गत २०७७/७८ को तुलनामा २०७८/७९ मा मृत्यु हुने नेपालीको संख्या पाँच प्रतिशत वृद्धि भएको छ भने २०७९/८० मा एक प्रतिशत घटेको छ।

त्यस्तै,अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।

मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com