राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ


प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार

राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ हुँदैछ। उनीमाथि गैरकानूनी रूपमा बन्दुक किनेको र लागुऔषध दुव्र्यसनको लत रहेको अवस्थामा संघीय कानूनको उल्लङ्घन गर्दै बन्दुक बोकेको आरोप छ। हन्टर बाइडेनले तीनवटा अपराधका अभियोगहरु सामना गरिरहेका छन् । हन्टर बिडेन बिहान ८ बजे लगत्तै अदालतमा आइपुगेका थिए । त्यसको केही समयपछि प्रथम महिला जिल बाइडेन आइपुगेकी थिइन् ।

हन्टर बाइडेनले आरोपमा दोषी नभएको दावी गरेका छन् यद्यपि उनी रक्सी र क्र्याक कोकेनसँगको संघर्षको बारेमा भने खुला छन्। पदमा रहेका राष्ट्रपतिका छोराको अदालतमा सुनुवाई अमेरिकी इतिहासमा पहिलो पटक हो । जसले सम्भावित रूपमा राष्ट्रपति बाइडेनको चुनावी अभियानलाई असर गर्न सक्छ। तीनवटै मुद्दामा दोषी ठहर भएमा राष्ट्रपतिका छोरालाई २५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

मुद्दा हेरिरहेका संघीय न्यायाधीशले जूरी छनोटको पूर्वसन्ध्यामा सुनुवाई अगाडि हन्टर बाइडेनका एक विशेषज्ञ साक्षीलाई अवरुद्ध गरेकी छिन् भने हन्टर बाइडेनले प्रयोग गर्ने आशा गरेको एउटा मुख्य प्रमाणलाई पनि हटाएकी छिन् । जसले गर्दा हन्टर बाइडेनलाई थप धक्का पुगेको छ । यी निर्णयहरूले हन्टर बाइडेनका लागि मुद्दा जित्नको लागि अझ चुनौतीपूर्ण हुनसक्छ।

न्यायाधिसले हन्टर बाइडेनका विशेषज्ञ साक्षीहरू मध्ये एकलाई गवाही दिनबाट रोक्ने विशेष सल्लाहकार डेभिड वेइसको विशेष अनुरोधलाई स्वीकार गरेकी हुन् । प्रतिवादीका तर्फबाट कोलम्बिया विश्वविद्यालयमा आधारित मनोचिकित्सकलाई गवाहीका लागि पङ्क्तिबद्ध गरेको थियो । न्यायाधीशले हन्टर बाइडेनका वकिलहरूलाई संघीय हतियार फारमको परिवर्तन गरिएको संस्करणबारेको प्रमाण पेश गर्नसमेत रोकेका छन् । जुन सन् २०१८ मा हन्टर बाइडेनले भरेका थिए भने २०२१ मा बन्दुक स्टोरका कर्मचारीहरूले हटाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कर्मचारीहरूको विश्वसनीयतालाई कमजोर पार्न अभियोजकको तर्फबाट गवाही दिनेहरुले परिवर्तन गरिएको फारम प्रयोग गर्न चाहेको हन्टर बाइडेनका वकिलहरूले हालै अदालतमा तर्क गरेका थिए । अभियोजकहरू राजनीतिक रूपमा पक्षपाती रहेको बाइडेनका वकिलहरुको तर्क थियो ।

तर न्यायाधिसले फारमको परिवर्तन गरिएको संस्करणलाई अप्रासंगिक र अस्वीकार्य भनेकी छिन् । उनले हन्टर बाइडेनको टोलीलाई विल्मिङ्टन बन्दुक पसलका कर्मचारीहरूको उत्प्रेरणाको बारेमा षड्यन्त्रकारी सिद्धान्तहरू र असमर्थित बयानबाजीहरु अगाडि बढाएको भन्दै चेतावनी दिएकी थिइन् ।

अब एटीएफ फारम ४४७३ भनेर चिनिने मूल फारम मात्र जूरीलाई देखाइनेछ। त्यो फारममा हन्टर बाइडेनलाई झूटा विवरण दिएको आरोप लगाइएको छ । उनले फारममा लागूपदार्थको प्रयोग वा लतमा नभएको विवरण पेश गरेको अभियोग छ जसले उनलाई बन्दुक किन्न अनुमति दियो। अभियोजकहरूका अनुशार हन्टर बाइरडेन त्यस समयमा कोकिनको लतमा थिए, जसरी उनले आफ्नो संस्मरणमा वर्णन गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com