अमेरिकाका ९३ वर्षीय मिडिया मालिक रुपर्ट मर्डोकले गरे ६७ वर्षीयासँग पाँचौं विवाह


प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार

अमेरिकाका अर्बपति मिडिया मालिक ९३ वर्षीय रुपर्ट मर्डोकले पाँचौं पटक विवाह गरेका छन् । यो पटक उनले रिटायर्ड आणविक जीववैज्ञानिक ६७ बर्षीया एलेना झुकोवासँग विवाह गरेका हुन् । आइतवार क्यालिफोर्नियास्थित आफ्नो मोरागा भाइनयार्डमा यो विवाह भएको हो ।

मर्डोकको स्वामित्वमा रहेको ब्रिटिश ट्याब्लोइड अखबार द सनद्वारा जारी गरिएका तस्बिरहरूमा दम्पती एकअर्काको छेउमा मुस्कुराएको देखिएको छ । विवाहमा मर्डोकले पहेंलो टाई लगाएका थिए भने झुकोभाले लामो बाहुलाको सेतो पोशाक लगाएकी थिइन् ।

६७ वर्षीया कन्जरभेटिभ रेडियो होस्ट एन लेस्ले स्मिथसँगको इन्गेन्जमेन्ट २ हप्तामा समाप्त भएपछि मर्डोकले चार महिना झुकोभासँग डेटिङ गरेको रिपोर्ट आएको थियो । त्यसपछि यो विवाह भएको हो ।

तेश्री पूर्व पत्नी वेन्डी देङका साथ मर्डोक ।

मर्डोकले झुकोभालाई आफ्नी तेस्रो पूर्व पत्नी वेन्डी देङले आयोजना गरेको ठूलो पारिवारिक जमघटमा भेटेका थिए । तेस्रो पूर्व पत्नीसँग सन् २०१३ मा सम्बन्धविच्छेद भएको थियो भने त्यो अगाडि उनीहरु १४ वर्ष दम्पत्तिका रुपमा रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मर्डोकले आफ्नी चौथी श्रीमती ६७ वर्षीया अभिनेत्री र मोडल जेरी हलसँग २०२२ मा सम्बन्ध विच्छेद गरका थिए । गत सेप्टेम्बरमा मिडिया साम्राज्यको नेतृत्व गर्ने सात दशकको क्यारियर पछि मर्डोकले फक्स र न्यूज कर्पोरेशनको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

मर्डोककी चौथी पूर्वपत्नी

मर्डोकको न्यूयोर्कमा रहेको कम्पनी न्यूज कर्पले वाल स्ट्रीट जर्नल, फक्स न्यूज र स्काई न्यूज अष्ट्रेलिया लगायतका सयौं स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय डिजिटल समाचार आउटलेटहरू प्रकाशित गर्छ । साथै पुस्तक प्रकाशक हार्पर कोलिन्स पनि यसकै माताहतमा रहेको छ । फोर्ब्सका अनुसार मर्डोकको कुल सम्पत्ति करिब १९।५ बिलियन डलर छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com