क्यालिफोर्नियामा लागेको आगो १४ हजार एकडमा फैलियो, स्थानीयहरु घर छाड्न बाध्य


प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार

क्यालिफोर्नियाको जंगलमा फैलिएको आगलागीले बासिन्दाहरू स्थानान्तरण हुन बाध्य भएका छन् । क्यालिफोर्नियाको सान जोक्विन काउन्टीमा शनिबार दिउँसो सुरु भएको आगोले १४ हजार एकड जमिन जलेको छ भने त्यहाँका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न बाध्य तुल्याएको अधिकारीहरूले बताएका छन्।

क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्शनका अनुसार दिउँसो साढे २ बजेतिर ट्रेसी सहरमा आगो सुरु भएको थियो। आइतबार दिउँसोसम्म आगो ३० प्रतिशत नियन्त्रणमा आएको विभागले जनाएको छ। विभागका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ।

अधिकारीहरूले हालै हावा, तातो तापक्रम र सुकेको घाँसले आगलागीका लागि अनुकूल अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिएका थिए। क्यालिफोर्निया एक्वेडक्टको पश्चिम क्षेत्रहरू, कोरल होलो क्रिकको दक्षिण क्षेत्र, अलामेडा काउन्टी पश्चिमक्षेत्र र स्टानिस्लाउस काउन्टीका दक्षिण क्षेत्रहरू खाली गर्नुपर्ने काउन्टीले बताएको थियो ।

शनिबार राति सान जोक्विन काउन्टीका अधिकारीहरूले आगलागी भएको क्षेत्र नजिकैका बासिन्दाहरूलाई भाग्न निर्देशन दिएका थिए । प्रभावित बासिन्दाहरूका लागि लार्च क्लोभर सामुदायिक केन्द्रमा अस्थायी निकासी स्थल स्थापना गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलामेडा काउन्टीका २ जना अग्नीनियन्त्रकहरु आगो नियन्त्रणका क्रममा घाइते भएका छन् । उनीहरूलाई सामान्यदेखि मध्यम चोटपटक लागेको थियो । उनीहरूलाई मूल्याङ्कन र उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो ।

आगो, धुवाँ र भिजिबिलिटीका कारणले आई ५८० सडकको एक खण्ड दुवै दिशामा बन्द गरिएको छ। मौसम सेवाका अनुसार ४० माइल प्रतिघण्टाको गतिमा यो क्षेत्रमा रातभरि जारी रहने आँधीका साथ आगो अझ फैलिन सक्छ। आउँदो हप्तामा बढ्दो गर्मीले खतरनाक आगलागी अवस्थाहरू बढाउन सक्छ।

क्यालिफोर्नियाको वन र अग्नि संरक्षण विभागले हालै अलमेडा, कन्ट्रा कोस्टा, सान्ता क्लारा र पश्चिमी सान जोकिन र स्टानिस्लाउस काउन्टीहरूमा सबै आवासीय क्षेत्रमा बाहिरी आगो बाल्न निषेध गरेको थियो । यस क्षेत्रमा तातो र सुख्खा अवस्थाका कारण आगलागीको जोखिम बढ्दै गएकाले आगोबाल्न निषेध गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com