महिलाको हत्यापछि सुँगुरलाई खुवाउने क्यानडाका सिरियल किलरको अर्का कैदीको आक्रमणमा मृत्यु


प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार

क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिक्टनको जेलमा भएको आक्रमणपछि ७४ वर्षको उमेरमा मृत्यु भएको छ । पिक्टन क्यानाडाको इतिहासमा सबैभन्दा कुख्यात सिरियल किलरहरू मध्ये एक हुन् जसले महिलाहरुलाई आफ्नो सुँगुर फार्ममा ल्याएर हत्या गर्ने र उनीहरुका शरीरका भागहरु आफ्ना जनावरहरूलाई खुवाउने गर्थे ।

७४ वर्षीय पिक्टन क्यानाडाको क्युबेक प्रान्तको पोर्ट कार्टियर इन्स्टिच्युटमा सन् २००७ मा सेकेन्ड डिग्री हत्याको छवटा मुद्दामा दोषी ठहरिएपछि आजीवन काराबास काट्दै थिए। मे १९ मा अर्को कैदीले आक्रमण गर्दा उनी घाइते भएका थिए र शुक्रबार अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

पिक्टनका आफन्तलाई उनको मृत्युबारे सूचित गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । सन् १९७८ र २००१ को बीचमा ब्रिटिस कोलम्बिया प्रान्तको भ्यानकुभरको डाउनटाउन ईस्टसाइड क्षेत्रबाट कम्तिमा ६५ महिलाहरू बेपत्ता भएका थिए । त्यसपछि पिक्टन पक्राउ परेका थिए ।

पिक्टनले नजिकैको पोर्ट कोक्विटलाम शहरमा सुँगुर फार्म सञ्चालन गर्दै आएका थिए, जहाँ प्रहरीले ३३ जना महिलाको अवशेष फेला पारेको थियो। तर, पिक्टनले जेलको कोठामा एक गुप्त प्रहरी अधिकारीसँग कुरा गर्दा ४९ महिलाको हत्या गरेको स्वीकार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घटना क्यानाडाको इतिहासमा सबैभन्दा ठूलो सिरियल किलर अनुसन्धान बनेको थियो । साथै पिक्टनको सुँगुर फार्म क्यानाडाको इतिहासमा सबैभन्दा ठूलो अपराधस्थल बनेको थियो ।

धेरै पीडितहरू आदिवासी महिलाहरू थिए भने प्रहरीले उनीहरू बेपत्ता भएका मुद्दाहरूलाई गम्भीरताका साथ नलिएको आरोप लगाइएको थियो । किनकि हराएकाहरूमध्ये धेरै वेश्याहरू वा लागुऔषध दुर्व्यसनीहरू थिए।

सन् २०१६ मा कथित रूपमा पिक्टनद्वारा लेखिएको भनिएको पुस्तक प्रकाशित भएको थियो र अमेजनमा बिक्रीको लागि प्रस्ताव गरिएको थियो । तर सार्वजनिक प्रतिक्रिया पछि तुरुन्तै हटाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com