स्मार्टफोनहरु अफ गरेर अन गर्न अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको चेतावनी


प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार

person holding space gray iPhone 7

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले आईफोन र एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो फोन अफ गरेर अन गर्न चेतावनी दएको छ । राष्ट्रिय सुरक्षा एजेन्सीले नै नागरिकको फोनमा जासुसी गर्न सक्ने केही व्यक्तिहरूको चिन्ताको बाबजुत एजेन्सीले आईफोन र एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आफ्नो फोन अफ गरेर अन गर्न सुझाव दिएको छ । कम्तीमा हप्तामा एकपटक यसो गर्न सुझाव दिइएको छ ।

तपाइँ कति पटक आफ्नो आईफोन वा एन्ड्रोइड फोन बन्द गर्नुहुन्छ? यसलाई पूर्ण रूपमा बन्द गरेर सुरुबाटै अन गर्न सुझाव दिइएको हो । केवल स्ट्यान्डबाई मोडमा नगई पूरै अफ गरेर अन गर्ने काम केही व्यक्तिले अपरेटिङ सिस्टम अपडेट गर्दामात्र गर्न सक्छन् । तर अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीका अनुशार केबल अपरेटिङ सिस्टम अपडेट गर्दामात्र फोन अफ गर्नु एक ठूलो गल्ती हुन सक्छ।

धेरै मोबाइल उपकरणहरूका उत्कृष्ट अभ्यासहरूको विवरण दिने कागजातमा राष्ट्रिय सुरक्षा एजेन्सीले प्रयोगकर्ताहरूलाई आफ्ना उपकरणहरु हप्तामा एकपटक बन्द गर्न र डाटाहरु चोरी हुनबाट जोगाउन सिफारिस गरेको छ । यसो गर्दा ह्याकरहरुले प्रायः फोनबाट डाटा चोर्न गर्न प्रयोग गर्ने शुन्य क्लिक विधिमा असफलता पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसो गर्दा प्रयोगकर्ताहरूले फिसिङको खतरालाई कम गर्न सक्छन् भने मालवेयर र स्पाइवेयरको खतरा पनि कम गर्न सक्छन् । तर राष्ट्रिय सुरक्षा एजेन्सीका अनुशार फोन अफ गरेर अन गर्दा कहिलेकाहीँमात्र यस्ता आक्रमणहरूलाई सफल हुनबाट रोक्न सकिन्छ। सबैप्रकारका आक्रमणहरु भने फोन अफ गरेर अन गर्दैमा रोक्न सकिन्न ।

मोबाइल उपकरणहरूमा खतराहरू कायम रहेको र यसको दायरा तथा जटिलता बढ्दै गएको राष्ट्रिय सुरक्षा एजेन्सीको भनाई छ । केही स्मार्टफोनहरूले सुविधा र क्षमता प्रदान गरेपनि सुरक्षा खतरा भने बढाउने गरेका छन् । त्यसैले केहि गर्नु सधैं केहि नगर्नु भन्दा राम्रो हुने भएकाले फोन अफ गरेर अन गर्न सुझाव दिइएको हो ।

दिइएको सल्लाहले सबै सुरक्षा खतराहरु भने समाधान गर्दैन । राष्ट्रिय सुरक्षा एजेन्सीको कागजातले एउटा चार्ट समावेश गरेको छ जसले प्रत्येक रणनीति विभिन्न खतराहरू विरुद्ध कति प्रभावकारी छ भन्ने देखाउँछ । फोन बन्द गरेर फेरि अन गर्दामात्र रिबुटमा पुनः लोड गर्न प्रोग्राम गरिएका धेरै उन्नत मालवेयर र स्पाइवेयर खतराहरू विरुद्ध लड्न भने मद्दत गर्दैन।

राष्ट्रिय सुरक्षा एजेन्सीले फोन प्रयोगकर्ताहरूलाई ब्लुटुथ प्रयोग नगर्दा बन्द गर्न, अपरेटिङ सिस्टम र एप्लिकेसनमा अपडेटहरू उपलब्ध हुँदा जति सक्दो चाँडो अपडेट गर्न र आवश्यक नहुँदा लोकेशन सर्भिस बन्द गर्न सल्लाह दिएको छ । सार्वजनिक वाईफाई नेटवर्कहरू प्रयोग नगर्न र सार्वजनिक चार्जिङ स्टेशनहरू प्रयोग नगर्न समेत सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com