अदालतले दोषी ठहर गरेको ७ घण्टामा ट्रम्पको चुनावी अभियानमा ३५ मिलियन डलर फण्डरेज


प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार

TOPSHOT – Former US President and Republican presidential candidate Donald Trump gestures as he arrives back at Trump Tower after being convicted in his criminal trial in New York City, on May 30, 2024. A panel of 12 New Yorkers were unanimous in their determination that Donald Trump is guilty as charged — but for the impact on his election prospects, the jury is still out. The Republican billionaire was convicted of all 34 charges in New York on May 30, 2024, and now finds himself bidding for a second presidential term unsure if he’ll be spending 2025 in the Oval Office, on probation or in jail. (Photo by TIMOTHY A. CLARY / AFP)

ट्रम्पको अभियानका अनुशार न्युयोर्कको अदालतको जुरीले डोनाल्ड ट्रम्पलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेपछिको अवधिमा फण्डरेज झण्डै दोब्बर भएको छ । बिहीबार दिउँसो अदालतको फैसला पछिका सात घण्टा भन्दा समयमा मात्र साना दाताहरुबाट झण्डै ३५ मिलियन डलर फण्डरेज भएको छ ।

ट्रम्प अभियानका अनुशार पछिल्लो फण्डरेजमा बिहीबारको फैसलाको बीचमा पठाइएको चन्दा समेत समावेश छ, जुन साँझ ५ बजे पछि मध्यरातसम्म आएको थियो ।

डोनाल्ड ट्रम्प न्यूयोर्कको अदालतमा फौजदारी मुद्दामा दोषी ठहरिएपछि प्रेससँग कुरा गर्दै। तस्बिर: स्टीवन हिर्श/ एएफपी /पुलमार्फत

दाताहरू मध्ये लगभग ३० प्रतिशत नयाँ रहेको जनाइएको छ । ट्रम्पका सल्लाहकारहरुले अब वास्तविक फैसला चुनावको दिन नोभेम्बर ५ मा आउने बताएका छन् । जुनदिन ट्रम्पले राष्ट्रपति जो बाइडेनसँग प्रतिस्पर्धाको सामना गर्ने तयारीमा छन्।

दोषी ठहर भएपछि  डोनाल्ड ट्रम्प न्यूयोर्क शहरको ट्रम्प टावरमा आउँदै। (स्टेफनी किथ / गेटी छविहरू / एएफपी )

ट्रम्पलाई म्यानहटनको अदालतमा जुलाई ११ मा सजाय सुनुवाई तय गरिएको छ । त्यसको केहीदिन पछि रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेद्वारको रूपमा ट्रम्पलाई औपचारिक रूपमा मनोनयन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प बिहिबार अदालतमा ।  फोटो:  मार्क पीटरसन / एएफपी/पुलमार्फत

ट्रम्प अमेरिकी इतिहासमा अभियोगमा दोषी ठहर पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन् भने रिपब्लिकन मनोनयनपछि अपराधमा दोषी पहिलो उम्मेदवार समेत हुनेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com