३४ अभियोगमा दोषी ठहर ट्रम्पविरुद्धको सजाय सुनुवाई जुलाई ११ मा हुने


प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार

न्युयोर्कको म्यानह्याटनमा रहेको अदालतको एक जुरीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई झुठो व्यापार अभिलेख राखेको मुद्दामा सबै ३४ वटा अभियोगमा दोषी ठहर गरेपछि अब उनीविरुद्धको सजायको सुनुवाई जुलाई ११ मा हुने भएको छ । न्यायाधीश हुआन मर्चनले ट्रम्पविरुद्धको सजाय आगामी ११ जुलाई को विहान ११ बजे सुनाउने तय गरेका छन् ।

यो मिति रिपब्लिकन नेशनल कन्भेन्सनको नजिक छ, जुन जुलाई १५ मा सुरु हुने छ। ट्रम्पका वकिल टोड ब्लान्चेले आरोपबाट मुक्तिको लागि कदम चालेपनि न्यायाधीश मर्चनले सफाइ प्रस्ताव अस्वीकार गरेका छन् ।

ट्रम्पले आफ्नो विरुद्धको यो मुद्दालाई अपमानजनक बताएका छन् । ट्रम्प अदालतबाट बाहिरिने क्रममा आफ्नो छोरा एरिकको हात समातेर हल्लाएका थिए । ट्रम्पको अनुहार रातो देखिएको थियो भने बाबु र छोरा दुवै निराश देखिन्थे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

(फोटो जस्टिन लेन / पूल / एएफपी द्वारा)

पोर्नस्टार स्टोर्मी डानियललाई चुप  लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा चलिरहेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको हो । अब ट्रम्प अमेरिकी इतिहासमा कुनै अपराधमा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका छन् ।

अभियोजकहरूले ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा ​​भाग लिएको आरोप लगाएका थिए । जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो।

ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको थियो । ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरेका हुन् ।

ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com