के बाइडेनले झुक्किएर महामारीको बेलामा आफू उपराष्ट्रपति भएको बताएका थिए ?


प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे १९ मा दिएको एउटा भाषणमा आफू महामारीको बेलामा अमेरिकाको उपराष्ट्रपति भएको बताएको भन्दै गतसाता एउटा समाचार अमेरिकामा निकै चर्चामा रह्यो । किनभने कोरोना महामारी सुरु हुँदा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति थिए भने उपराष्ट्रपति थिए माइक पेन्स । जो बाइडेन भने बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए, जसको कार्यकाल २०१६ को अन्तिमसम्म थियो । २०१७ देखि २०२० को अन्त्यसम्म अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति थिए ।

बाइडेनले २००९ स्वाइन फ्लू महामारीलाई उल्लेख गरेको हुनसक्ने कतिपयले तर्क गरे । उक्त स्वाइन फ्लूको महामारी हुादा बाइडेन उपराष्ट्रपति थिए । तर बाइडेनले मे १९ मा गरेको भाषणको आधिकारिक व्हाइट हाउस ट्रान्सक्रिप्ट अनुसार उनले मन्दीलाई ईकित गर्न खोज्दा झुक्किएर महामारी भनेको पुष्टी भएको छ । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावको दौडका क्रममा दिएको भाषणमा महामारीको बेलामा आफू उपराष्ट्रपति भएको बताएपछि सामाजिक सञ्जालमा उनको भाषण भाइरल भएको थियो ।

ह्वाइट हाउसले जारी गरेको ट्रान्सक्रिप्ट

डेली बिस्ट र फक्स न्यूज लगायतले  त्रुटिको बारेमा रिपोर्ट गरेका थिए । बाइडेनको भाषण भिडियोमा रेकर्ड गरिएको थियो । त्यसपछि ह्वाइट हाउसले एक ट्रान्सक्रिप्ट जारी गरेर त्रुटिलाई स्वीकार गरेको छ । ह्वाइटहाउसले ‘प्यान्डामिक’लाई काटेर ‘रिसेसन’ बनाएको छ । त्यसैले मिडिया र सामाजिक सञ्जालमा गरिएको बाइडेनको त्रुटीपूर्ण भाषणको दावी सही ठहरिएको छ ।

ह्वाइट हाउसबाट जारी ट्रान्सक्रिप्ट अनुशार बाइडेन उक्त भाषणका क्रममा अन्य गल्तीपनि गरेका थिए । उनले आफूलाई अवार्ड पाउँदा गर्व लागेको बताउनुपर्नेमा अर्गनाइजेशन पाउदा गर्व लागेको बताएका थिए । अर्थात् ‘अवार्ड’ भन्नुपर्ने ठाउँमा उनले ‘अर्गनाइजेशन’ भनेका थिए । ह्वाइटहाउसले ट्रान्सक्रिप्टमा ‘अर्गनाइजेशन’लाई काटेर ‘अवार्ड’ बनाएको छ ।

उक्त भाषणका क्रममा बाइडेनले कम्तीमा ९ वटा गल्ती गरेका थिए । एक ठाउँमा उनले ८ सय भन्नुपर्नेमा ८ हजार भनेका थिए भने अर्को ठाउँमा ब्लडबाथ भन्नुपर्नेमा ब्लडशेड भनेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com