अमेरिकाको मध्य भागमा आएको आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु


प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार

GREENFIELD, IOWA – MAY 23: Residents continue recovery and cleanup efforts with the help of family and friends following Tuesday’s destructive tornado on May 23, 2024 in Greenfield, Iowa. The storm was responsible for several deaths in the small community. Scott Olson/Getty Images/AFP (Photo by SCOTT OLSON / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

अमेरिकाको मध्यभागमा आएको भीषण मौसम र आँधीका कारण टेक्सास, ओक्लाहोमा, अर्कान्सास, केन्टकी र अलाबामामा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । आँधी र खराब मौषमका कारण मेमोरियल डे सप्ताहन्तमा बिजुली कटौती सामना गर्नुका साथै लाखौंले गम्भीर मौसम खतराहरूको सामना गरिरहेका छन् ।

केन्टकीका गभर्नर एन्डी बेशियरका अनुसार केन्टकीमा खराब मौसमका कारण पाँच जनाको मृत्यु भएको छ। टोर्नाडोबाट भएको क्षतिको सर्वेक्षण गर्न राष्ट्रिय मौसम सेवाको टोली पठाइएको छ।

अलाबामामा माउन्टेन ब्रुकको आवासीय भवनमा खसेको ठूलो रूखबाट एक व्यक्तिको मृत्यु भएको दमकल विभागले जनाएको छ। आँधीले ७० माइल प्रति घण्टाको हावा र ठूलो असिना ल्याएको थियो ।

टेक्सासको कुक काउन्टीको भ्याली भ्यू शहरमा शनिबार राति आएको भीषण आँधीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । जसमध्ये एक महिला र उनका दुई छोराछोरीहरु समेत छन् ।

ओक्लाहोमामा आँधीमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका अधिकारीहरूले बताएका छन्। राष्ट्रिय मौसम सेवाका सर्वेक्षण टोलीहरूले उत्तरपूर्वी ओक्लाहोमाको क्लेरेमोरमा गम्भीर क्षति फेला पारेका थिए ।

आयोवामा मंगलबारको विनाशकारी आँधीबेहरी । (स्कट ओल्सन /एएफपी मार्फत गेटी)

अर्कान्सासका उत्तरपश्चिमी भागहरूमा खराब मौसममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। कैयनका घरहरू छाना उडाएको छ भने रूखहरू ढलेका छन् ।

आँधी र चर्को गमीको कारण अमेरिकामा  ११० मिलियन भन्दा बढी मानिसहरू सोमबार खराब मौसमको जोखिममा छन् । फिलाडेल्फिया, बाल्टिमोर र वाशिंगटन डीसी, टोर्नाडोको लागि सबैभन्दा जोखिममा छन्, तर हालैका दिनहरूको तुलनामा आज थप खतरा बढ्ने सम्भावना भने धेरै कम रहेको मौषमविदहरुको भनाई छ ।

वाशिंगटन डीसी, बाल्टिमोर सहित नर्थ क्यारोलिना, भर्जिनिया र मेरील्याण्डका भागहरूमा बेलुका ११ बजेसम्म टोर्नाडोको चेतावनी प्रभावकारी रहेको छ। १६ मिलियन भन्दा बढी मानिसहरूको लागि यस्तो चेतावनी जारी गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क, पेन्सिलभेनिया र न्यू जर्सीका भागहरूमा  बेलुका ९ बजेसम्म गम्भीर आँधीबेहरीको निगरानी कायम रहने छ। ३० मिलियन भन्दा बढी मानिसहरू यो चेतावनीको माताहतमा छन् । एटलान्टा, न्यूयोर्क, फिलाडेल्फिया र चार्लोटका विमानस्थलहरुमा आँधीबेहरीका कारण उडानहरू ढिलाइ वा रद्द हुनसक्ने जनाइएको छ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com