न्युयोर्क सिटीमा पैसाबारेको विवादमा प्रेमीबाट प्रेमिकाको गोली हानी हत्या, आफैलाई पनि गोली


प्रकाशित मिति : जेष्ठ १४, २०८१ सोमबार

न्युयोर्क सिटीको ब्रुकलिनमा एक व्यक्तिले आफ्नी प्रेमिकालाई गोली हानेर हत्या गरेपछि आफैलाई गोली हानेर ज्यान लिएका छन् । पैसाका बारेमा विवाद भएपछि यो घटना भएको जनाइएको छ ।

३५ बर्षका टेडी नाइट र २९ बर्षकी तानेजिया ब्लकवुडबीच लामो समयदेखि चलिरहेको तनावपछि बिहान यो घटना भएको हो । नाइटले मिडवुड अपार्टमेन्टमा बन्दुक निकालेर प्रेमिकालाई दुईगोली हानेका थिए ।

एभिन्यु फस्ट र ओसन एभिन्युमा बस्दै आएका उनीहरुबीच विवादपछि नाइटले दराजबाट बन्दुक निकालेका थिए । दुईवटा गोली लागेपछि भुइँमा लडेकी प्रेमिकालाई अनुहारमा समेत प्रहार गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि उनले आफैलाई गोली हानेका थिए । प्रहरी घटनास्थलमा पुग्दा दुबैजनाको मृत्यु भइसकेको थियो । टाउकोमा बन्दुकको गोली लागेको अवस्थामा बिहान १० बजेर १० मिनेटमा अपार्टमेन्टको किचन नजिकै शव फेला पारेको प्रहरीले बताएको छ ।

यो जोडी रातभर झगडा गरेको जनाइएको छ । विहान लुगा धुने झोला भित्र लुगा कोचिरहेकी प्रेमिका र प्रेमीले एक अर्कालाई गाली गरिरहेको अपार्टमेन्टमासँगै बस्ने आमाले संचारकर्मीहरुलाई बताएकी थिइन् । उनीहरु झगडा गर्दै बाथरुममा गएका थिए ।

पुरुषकी आमाका अनुशार घटना हुनु अगाडि यो जोडीले लामो समयदेखि व्यक्तिगत संघर्षको सामना गरिरहेका थिए । उनीहरूबीच लामो समयदेखि बच्चाहरू, भाडा, पैसा लगायतका कैयन विषयमा समस्या रहेको थियो ।

फोटो: फेसबुकबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com