आइपिएल क्रिकेटमा कोलकाता तेश्रो पटक च्याम्पिएन


प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार

कोलकाता नाइट राइडर्सले तेश्रो पटक आइपिएल क्रिकेटको उपाधि जितेको छ । आइतबार चेन्नईमा सनराजर्स हैदराबादमाथी ८ विकेटको सानदार जित निकाल्दै कोलकाताले इण्डियन प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको हो । पूर्णतः एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी रह्यो ।

हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १० ओभर ३ बलमा पुरा गरर्यो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो ।

कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनलाई ३२ बलमा ३९ रन बनाउँदै रहमानुल्लाह गुरबाजले राम्रो साथ दिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८।३ ओभरमा १ सय १३ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको हैदराबादले मात्र २१ रनमा ३ विकेट गुमाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोलीका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । ऐडन मार्क्रमले २० रनको योदान दिए भने हेनरिक क्लासनले १६ रन बनाए । नितिश कुमार रेड्डीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कोलकाताका लागि मिचेल स्टार्कले घातक बलिङ गरे । उनले पावर प्लेमा दुई विकेट लिँदै हैदराबादलाई सुरुवातमा नै झट्का दिए । ३ ओभरमा उनले मात्र १४ रन खर्चिए । त्यस्तै, आन्द्रे रसलले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट हात पारे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com