सामाजिक सञ्जालमा नक्कली प्रोफाइल कसरी चिन्ने? अमेरिकी सरकारका ११ टिप्स


प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार

person holding smartphone using facebook account

सामाजिक सञ्जालहरुमा नक्कली प्रोफाइल बनाएर विभिन्न व्यक्तिलाई पीडित बनाउने प्रबृत्ति निकै बढ्दो रहेको छ । नक्कली प्रोफाइलबाट सन्देशहरु पठाएर व्यक्तिगत विवरणहरु माग्ने तथा प्रलोभनहरु देखाउनेहरुको पनि कमी छैन । साथै नक्कली प्रोफाइल बनाएर अनेक लिंकहरु पठाएर अरुको सामाजिक सञ्जाल ह्याक गर्ने वा ब्लाकमेल गर्नेहरुपनि धेरै व्यक्ति पीडित हुने गरेका छन् । नक्कली प्रोफाइल बनाउनेहरुले बालबालिकाहरुलाई पनि निशाना बनाउने गरेका छन् ।

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल चिन्ने सन्दर्भमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ११ टिप्सहरु दिएको छ । अनलाइन बाल शोषणविरुद्धको कार्यक्रम अन्तरगत डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यी टिप्सहरु दिएको हो । खासगरी बालबालिकाहरु इन्टरनेटमा असुरक्षित बनिरहेको सन्दर्भमा यी टिप्सहरु दिइएको छ ।

television showing man using binoculars

पहिलो, अस्पष्ट वा धमिलो प्रोफाइल तस्वीरहरु देखेको खण्डमा उक्त प्रोफाइल नक्कली भएकोबारे जाँच गर्नु आवश्यक हुन्छ । दोश्रो, प्रोफाइलमा सीमित तस्बिरहरू भएको खण्डमा पनि उक्त प्रोफाइल नक्कली हुनसक्छ । अपूर्ण प्रोफाइल जानकारी, साइटमा सीमित गतिविधि, असंगत जानकारीहरु पाइएको खण्डमा पनि त्यस्ता प्रोफाइलहरु नक्कली हुनसक्छन् ।

खराब तरिकाले लेखिएको प्रोफाइल, धेरै कम फलोअर वा साथीहरू, शंकास्पद प्रोफाइल नाम, चाहिनेभन्दा धेरै उत्तम देखिने तस्वीरहरु, प्रोफाइलमा अनुपयुक्त वा यौन सामग्री भएको खण्डमा पनि त्यस्ता प्रोफाइलहरु नक्कली हुनसक्छन् । त्यस्तै कसैले एकदम छिटो व्यक्तिगत जानकारी मागेको खण्डमा पनि त्यस्ता प्रोफाइलहरु नक्कली हुनसक्छन् ।

यदि त्यस्ता प्रोफाइलहरु नक्कली भएको पत्ता लागेमा तत्काल रिपोर्ट गर्नुपर्छ । साथै त्यस्ता प्रोफाइलहरुबारे रिपोर्ट गर्न पनि सकिन्छ । त्यस्ता प्रोफाइल चलाउने व्यक्तिसँग च्याट गर्ने वा व्यक्तिगत जानकारीहरु दिने गर्नु हुँदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com