आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र हैदराबाद आज आम्नेसाम्ने हुदै , कस्तो छ त दुबै टोलीको हेड टु हेड विगत ?


प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार

आईपीएल क्रिकेटको उपाधिका लागि आइतबार कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दैछन्। आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो। उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ। उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

गत मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको थियो । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगको भेट पक्का गरेको थियो । पहिलो क्वालिफायरमा भेट भएका दुबै टोली उपाधिका लागि फेरी आम्नेसाम्ने हुन लागेका हुन ।

हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ । पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ । यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ । समूह चरणको भएको खेलमा कोलकाता ४ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि २०२३ मा भएको खेलमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ । २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो ।

हैदराबादले विश्व ट्वान्टी–२० को सबैभन्दा धनी प्रतियोगिताको उपाधि एकैपल्ट जितेको छ  । यो सन् २०१६ मा अर्का अस्ट्रेलियाली खेलाडी डेविड वार्नरको नेतृत्वमा सम्भव भएको थियो  ।

हैदराबादले तीव्र गतिका बलर कमिन्सलाई आईपीएल अक्सनमा २५ लाख डलर तिरेको थियो  । उनको कप्तानीमा अस्ट्रेलियाले एकदिवसीय विश्वकपमात्र होइन, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । ‘पछिल्ला केही वर्ष मेरा लागि उत्कृष्ट रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com