न्युयोर्क सिटीको ट्रेन स्टेशनमा २३ बर्षका व्यक्तिलाई ज्यूदै जलाउन खोज्ने ४८ बर्षीय पक्राउ


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

शनिबार दिउँसो न्युयोर्क सिटीको ट्रेन स्टेशनमा एकजना २३ बर्षका व्यक्तिमाथि प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २३ बर्षका व्यक्तिमाथि प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएपछि ४८ बर्षीय आक्रमणकारी भाग्ने प्रयास गरेको जनाइएको छ ।

घटना ह्युस्टन स्ट्रीट नम्बर १ सबवे स्टेशनमा दिउँसो २ः४७ मा भएको थियो। प्रहरीका अनुसार ४८ वर्षीय पुरुष आक्रमणकारीले ट्रेनस्टेशनमा २३ वर्षीय पीडितमाथि प्रज्वलनशील पदार्थ फ्याँकेकेर आगो लगाएपछि पीडितको शरीरको केही भाग जलेको छ ।

आक्रमणकारीले कपमा बोकेको प्रज्वलनशील पदार्थ पीडितमाथि फ्याकेको जनाइएको छ । पीडितको शरीरको माथिल्लो भागमा आगो लागेको छ । प्यारामेडिकहरूले पीडितलाई उपचारको लागि स्थानीय अस्पतालमा लगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रज्वलनशील पदार्थले पीडितको शर्टमा सल्किएको र पीडित पुरुषको छाला जलेको प्रहरीले जनाएको छ। उनलाई कति चोट लागेको छ भन्ने अहिलेसम्म प्रष्ट पारिएको छैन ।

आक्रमणकारीले पैदलै भाग्न खोजेको थियो । सोही क्रममा एक महिलासँग ठोक्किएपछि महिलाको फोन खसेको थियो । आक्रमणकारी ती महिलाको समेत फोन टिपेर आफूसँगै लगेको भागेको थियो ।

महिलाको फोनमा रहेको फाइन्ड माई आईफोन फिचर प्रयोग गरेर आक्रमणकारीलाई क्यानल स्ट्रिट र रेनविक स्ट्रिट नजिकै पक्राउ गरिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा रेल सेवा केहीबेर ढिलो भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com