भारतको राजकोटमा रहेको गेम जोनमा आगालागी , बालबालिकासहित कम्तिमा २४ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

भारतको राजकोटको टीआरपी गेम जोनमा शनिबार भएको भीषण आगलागीमा धेरैको मृत्यु भएको छ । हालसम्म २४ जनाको मृत्यु भएको महानगरीय प्रहरी आयुक्तले पुष्टि गरेका छन ।

बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि छन । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि दमकलका कैयौं गाडी परिचालन गरिएको थियो ।

अहिले आगो नियन्त्रणमा आएको छ । राहत तथा उद्धार कार्य जारी रहेको छ । आगो यति गहिरो थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो समेत देखिएको थियो । गेम जोनबाट बाहिर निस्कने बाटो थिएन र धेरै मानिस भित्र फसेका थिए ।

मलको गेम जोनमा वेल्डिङको काम भइरहेकाले सर्टसर्किट भएको स्थानीयले जानकारी दिएका छन । यद्यपी आगलागीको कारण भने आधिकारिक रुपमा खुल्न सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कसरी सुरु भयो आगालागी ?

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले “अहिलेसम्म २४ शवहरू फेला परेका छन ्। युवराज सिंह सोलंकी यस गेम जोनको मालिक हुन् ।

हामी यस विषयमा मृत्यु र लापरवाहीको मुद्दा दर्ता गर्नेछौ ं। हामी यसपछि थप अनुसन्धान गर्नेछौ ं।“ “अनुसन्धान हुनेछ ।“ प्रहरी आयुक्तले भने, “हामी भित्र गएर सम्पूर्ण क्षेत्रको निरीक्षण गर्नेछौ ं। हामीले एफएसएल टोलीलाई पनि बोलाएका छौं जसले निरीक्षण गरी आगलागीको वास्तविक कारण पत्ता लगाउने प्रयास गर्नेछ ।“

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मुख्यमन्त्रीद्वारा आर्थिक सहयोगको घोषणा

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म X मा राजकोटमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरेको बताउनु भएको छ ।

मुख्यमन्त्री भूपेन्द्र पटेलले सामाजिक सञ्जाल X मा लेख्नु भएको छ कि यस दुर्घटनामा तत्काल उद्धार र राहत कार्य गर्न नगरपालिका र प्रशासनलाई निर्देशन दिइएको छ ।

उहाँले मृतकका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com