के हो मेमोरियल डे ? ‘ह्याप्पी मेमोरियल डे’ नभन्न सुझाव


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

USA flag in black boots lot

मेमोरियल डेलाई अमेरिकामा समरको अनौपचारिक सुरुवात र धेरैका लागि लामो सप्ताहन्तको रूपमा हेरिन्छ । तर यो दिनको अर्थ लामो सप्ताहन्तको रमाइलो, किनमेल र परेडमा मात्र सिमित छैन । यो दिनले अमेरिकाको रक्षा गर्न आफ्नो ज्यान गुमाउने सैनिक कर्मचारीहरूको सम्झना गर्दछ।

मेमोरियल डे प्रत्येक वर्ष मेको अन्तिम सोमबार मनाइन्छ । यो बर्ष मे २७ मा परेको छ । यद्यपी सन् १९७१ सम्म भने प्रत्येक बर्ष मे ३० मा मेमोरियल डे मनाउने गरिन्थ्यो । मेमोरियल डेलाई सुरुमा डेकोरेशन डे ​​भनिन्थ्यो भने सिभिल वारपछि १८६० को दशममा मनाउन सुरु गरिएको थियो ।

मेमोरियल डेको इतिहास लामो समयदेखिको शैक्षिक बहसको विषय विषय रहेको बताएका छन् । कैयन सिटीहरुले मेमोरियल डे बाटै छुट्टी दिन सुरु गरिएको दाबी समेत गरेका छन् ।

गृहयुद्धमा मात्र नभई कुनै पनि युद्धमा मारिएका अमेरिकी सैनिकहरूलाई सम्मान गर्न पहिलो विश्वयुद्धपछि बिदाको केन्द्रबिन्दु सारिएको थियो । भेटेरान्स डेले अमेरिकी सेनामा सेवा गरेका सबैलाई सम्मान गर्दछ भने मेमोरियल डे सेवामा शहीद भएका सेनालाई सम्मान गर्ने दिन हो ।

मेमोरियल डे शहीदको सम्झनाको लागि एक गम्भिर दिन भएकोले मानिसहरूलाई ‘ह्याप्पी मेमोरियल डे’ नभन्न सुझाव दिने गरिएको छ । साथै मेमोरियल डेमा सेवाकालागि जीवित व्यक्तिलाई धन्यवाद दिन उपयुक्त हुादैन किनकि यो बलिदान गर्नेहरूलाई सम्झने र सम्मान गर्ने दिन हो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com