भारतमा छैटौं चरण अन्तर्गत ५८ लोकसभा सीटमा मतदान जारी


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

भारतमा लोकसभा चुनावको छैटौं चरणमा एक केन्द्र शासित प्रदेश सहित आठ राज्यका ५८ सीटहरूको लागि शनिबार मतदान भइरहेको छ । यी आठ राज्यमा दिल्लीका सबै ७ र हरियाणाका सबै १० सिटमा मतदान भइरहेको छ ।

यसबाहेक बिहारको ८ सिट, जम्मू कश्मीरको १ सिट, झारखण्डको १ सिट, ओडिशाको ६ सिट, उत्तर प्रदेशको १४ सिट र पश्चिम बंगालको ८ सिटमा मतदान भइरहेको छ ।

लोकसभासँगै ओडिशामा विधानसभाका लागि पनि चुनाव हुँदैछ । शनिबार ओडिशाका ४२ सिटमा पनि चुनाव भइरहेको छ । लोकसभा चुनावको यस चरणमा धेरै महत्वपूर्ण सीटहरू छन् । जहाँ धेरै दिग्गज नेताहरूको भविष्य EVM मा बन्द हुनेछ ।

छैटौं चरणको लोकप्रिय सिटहरू

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छैटौं चरणको ५८ मध्ये प्रमुख सीटहरू नयाँ दिल्ली, उत्तर पूर्वी दिल्ली, उत्तर पश्चिम दिल्ली र चाँदनी चोक र उत्तर प्रदेशको सुल्तानपुर र आजमगढ हुन् ।

यी बाहेक, महत्वपूर्ण सीटहरू जम्मू–कश्मीरको अनन्तनाग–राजौरी, पश्चिम बंगालको तमलुक मेदिनीपुर, कर्नाल, कुरुक्षेत्र, गुडगाउँ, हरियाणाको रोहतक र भुवनेश्वर, पुरी र ओडिशाको सम्बलपुर छन् ।

सात चरणमा हुने भारतको आम चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको हो । अन्तिम तथा सातौँ चरणको मतदान जुन १ मा हुनेछ ।

जुन १ मा बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बङ्गाल, चण्डीगढ गरेर ८ राज्यका ५७ सिटका लागि मतदान हुनेछ । मतदान सकिएपछि जुन ४ तारिखदेखि सबै क्षेत्रको मतगणना शुरु हुनेछ । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com