पपुवा न्युगिनीमा गाउँ नै पहिरोमा पुरियो , १०० भन्दा बढिको मृत्युभएको आशङ्का


प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा उक्त घटना भएको हो ।

स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म एकीन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भन्नुभयो, “मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ ।

पूरै गाउँ नै पहिरोले पुरिएको छ ।” लारुमाले भन्नुभयो, “मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com