घातक टर्बुलेन्सका कारण लण्डनबाट सिंगागुर जाँदै गरेको २२९ यात्रु बोकेको विमानमा के भयो ?


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

Passengers of Singapore Airlines flight SQ321 from London to Singapore, which made an emergency landing in Bangkok, greet family members upon arrival at Changi Airport in Singapore on May 22, 2024. A 73-year-old British man died and more than 70 people were injured May 21, 2024 in what passengers described as a terrifying scene aboard a Singapore Airlines flight that hit severe turbulence, triggering an emergency landing in Bangkok. (Photo by Roslan RAHMAN / AFP)

मंगलबार लण्डनबाट सिंगागुर जाँदै गरेको २२९ यात्रु बोकेको सिंगापुर एयरलाइन्सको विमान ३७ हजार फिट उचाईमा अचानक हल्लिन थाल्यो । त्यसपछि केही क्षणमा नै सिटबेल्ट लगाउनका लागि संकेत आएपनि केही यात्रुका लागि भने सिटबेल्ट लगाउन धेरै ढिलो भइसकेको थियो। जसले सिटबेल्ट लगाउन भ्याएका थिएनन्, उनीहरु विमानभित्र हुत्तिन पुगे भने कोही क्याबिनको छतमा ठोक्किएर तल खस्न पुगे ।

सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३०० ईआर विमान सोमबार राति लन्डनको हिथ्रो विमानस्थलबाट उडेको थियो । उडानको करिब १० घण्टा पछि यो घटना भएको हो । विमान झन्डै तीन चौथाई भरिएको थियो। स्वदेश फर्केका धेरै यात्रुहरू सिङ्गापुरका थिए। कोही बेलायतमा अध्ययनरत विद्यार्थी पनि थिए । कोही परिवारहरू थिए र कोही अष्ट्रेलिया जस्ता टाढाका गन्तव्यहरूमा छुट्टी मनाउन जाँदै थिए ।

उडानको १३ घण्टाको यात्राको अधिकांश समय सकिएको थियो । धेरै यात्रुहरूले जहाजमा आफ्नो अन्तिम खाना सकिसकेका थिए । त्यतिन्जेल विमान भारतीय उपमहाद्वीप र दक्षिणपूर्व एशियाको मलाय प्रायद्वीपको बीचमा रहेको बंगालको खाडी माथि पुगेको थियो। केही पाइलटहरूले यस क्षेत्रलाई वर्षको यो समयका लागि कुख्यात ठान्छन् किनभने यसको मनसुन वर्षाले टर्बुलेन्स निम्त्याउन सक्छ।

टर्बुलेन्सका कारण बैंककमा आपतकालीन अवतरण गरिएको सिङ्गापुर एयरलाइन्सको विमानका यात्रुहरु सिंगापुरको चांगी एयरपोर्टमा आइपुगेपछि ग्राउन्ड स्टाफले एस्कर्ट गरेका थिए। घटनामा एक ७३ वर्षीय ब्रिटिश नागरिकको मृत्यु भएको छ । फोटो:  रोस्लान रहमान / एएफपी

व्यावसायिक पाइलटहरूलाई त्यस्ता परिदृश्यहरूको लागि कसरी तयारी गर्ने भन्नेबारे थाहा हुन्छ । तिनीहरू मौसम रडारमा भर पर्छन् भने अतिरिक्त इन्धन पनि बोक्छन् ताकि तिनीहरू यताउता उड्न तथा आवश्यक भएमा मौसम सहज हुनको लागि पर्खन सकुन् । तर आकाश सफा भएको र विमानको रडारले केहि गल्ती पत्ता लगाउन नसकेको अवस्थामा भने तयारी गर्न असम्भव हुनसक्छ । यस्तो घटनालाई क्लियर एयर टर्बुलेन्स भनिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिंगापुर एयरलाइन्सको विमानका सन्दर्भमा के भयो भन्ने स्पष्ट छैन, तर यसको उडान मार्ग नजिकै मेघ गर्जनहरू भएको थियो। यही क्रममा विमानमा अचानक घातक टर्बुलेन्स भएको थियो । तीन देखि पाँच मिनेटसम्म विमान भयानक रूपमा हल्लिएको थियो । जसका कारण यात्रुहरु यताउता हुत्तिए । सिटमुनि राखिएका झोला पनि हुत्तिए । कतिपयको टाउको छतमा ठोक्कियो । अक्सिजन मास्क ओभरहेड प्यानलबाट तल खस्यो। कतिपय यात्रुहरु रक्ताम्मे भए ।

कतिपय यात्रुहरु सुतिरहेका थिए । उनीहरुले ,सिटबेल्ट बाध्नु अगाडि नै हुत्तिएर घाइते भए । विमानमा मानिसहरू पीडाले चिच्याउन र कराउन थाले। घटनामा चालक दलका केही सदस्यसहित दर्जनौं व्यक्ति घाइते भए । विमान थाइल्यान्डको हवाई क्षेत्रमा पुगेपछि पाइलटले बैंककको सुवर्णभूमि विमानस्थलमा आकस्मिक अवतरण गर्न आग्रह गरेका थिए । त्यसपछि उनले त्यसको घोषणा गरे । घाइते भएका यात्रुहरूलाई मद्दत गर्न चिकित्सा तालिम पाएका कोही व्यक्ति भए नभएको पनि सोधेका थिए ।

फोटो:  रोस्लान रहमान / एएफपी

घटना सुरु भएको ४५ मिनेट पछि विमान अवतरण भयो। त्यसबेला स्थानीय समय अनुशार दिउँसो ३ बजेर ४५ मिनेट गएको थियो । विमानस्थलमा धेरै एम्बुलेन्स तैनाथ थिए । नर्सहरू, आकस्मिक चिकित्साकर्मीहरू र डाक्टरहरू गम्भीर घाइतेहरूको उपचार गर्न हतारिएका थिए । घटनामा कुल ८३ जना घाइते भएका छन् । तीमध्ये २० जनालाई स्थानीय अस्पतालको सघन उपचार कक्षमा पठाइएको थियो। घटनामा एकजना यात्रुको मृत्यु भएको छ ।

सिंगापुर एयरलाइन्सले घटनाको लागि माफी मागेको छ । यसका अनुसन्धानकर्ताहरु घटनाबारे बुझ्ने प्रयास गर्न बैंकक पुगेका छन्। मौसमविद्हरूले म्यानमारमा चरम टर्बुलेन्सको रिपोर्ट गर्दा विमानले द्रुत रूपमा विकास भइरहेको आँधीको सामना गरेको हुनसक्ने बताएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com