काभ्रेमा श्रीमान श्रीमतीको हत्या, घटनास्थलमा भेटियो पाँच किलोको हथौडा


प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार

काभ्रेपलान्चोकमा श्रीमान श्रीमतीको हत्या भएको छ । महाभारत गाउँपालिका–४ मा श्रीमान् श्रीमतीको हत्या भएको अबस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उहाँकी ५० वर्षीया श्रीमती केकाइमाया बल घरभित्रै मृत फेला पर्नुभएको हो ।

उहाँहरूको टाउकोमा हम्मरले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका–४ का वडाध्यक्ष विशाल मोक्तानले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलमा पाँच किलोको हथौडा भेटिएको छ । बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आउनु भएको थियो ।

बल दम्पतीका दुई छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका थिए । घटनाको अनुसन्धान जारी रहेको काभ्रे प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com