युरोपको शेंगेन भिसाका लागि आवेदनमा शुल्कबृद्धि जुन ११ देखि लागु हुने


प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार

two Euro banknotes

युरोपको शेंगेन भिसाका लागि आवेदनमा शुल्कबृद्धि जुन ११ देखि लागु हुने भएको छ । जुन ११ पछि वयस्कहरूले भिसाका लागि हालको ८० युरोबाट ९० युरो तिर्नु पर्नेछ भने ६ देखि १२ बर्षसम्मका बालबालिकाका लागि शुल्क ४० युरोबाट बृद्धि भई ४५ युरो तिर्नुपर्नेछ ।

यो शुल्कबृद्धि १२ प्रतिशत रहेको छ । युरोपियन युनियनभन्दा बाहिरका देशका ९० दिनको अन अराइभल भिसाका लागि योग्य नहुने देशका नागरिकले शेंगेन क्षेत्रमा प्रवेशका लागि शेंगेन भिसा अनिवार्य आवश्यकता हो ।

युरोपेली आयोगले यस कदमको उद्देश्य भिसा प्रशोधन र शेंगेन क्षेत्रको सुरक्षा कायम राख्ने बढ्दो लागतसँग समायोजन रहेको बताएको छ। युरोपेली आयोगले मुद्रास्फीति र भिसा प्रक्रियासँग सम्बन्धित प्रशासनिक लागतहरू कभर गर्नुपर्ने आवश्यकताका कारण शुल्कबृद्धि गर्नुपरेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपियन युनियनको भिसा कोड अन्तर्गत शेंगेनका देशहरूले प्रत्येक तीन वर्षमा भिसा शुल्कहरू समीक्षा गर्न सक्छन्। सन् २०२० मा भिसा शुल्क ६० युरोबाट बढाएर ८० युरो बनाइएको थियो ।

शेंगेन क्षेत्रमा २५ युरोपेली देशहरू सहित २९ देशहरू समेट्छ। यो क्षेत्रका पर्ने देशहरू जर्मनी, फ्रान्स, इटाली, स्पेन, नर्वे, स्विजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रोमानिया, लक्जमबर्ग, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, ग्रीस, लाटभिया, लिथुआनिया, हंगेरी हुन्। माल्टा, नेदरल्यान्ड्स, अस्ट्रिया, स्लोभेनिया, स्लोभाकिया, फिनल्याण्ड, स्वीडेन, आइसल्याण्ड, र लिकटेन्स्टाइनपनि शेंगेनमा पर्छन् ।

भिसा नियम अनुसार यी सदस्य राष्ट्रका नागरिकले शेंगेन क्षेत्रको जुनसुकै ठाउँमा भिसा बिना नै जानसक्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com