दिल्लीमा तापक्रम ४७ डिग्री पुग्यो , विद्यालय बन्द गर्न निर्देशन


प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार

चर्को गर्मीका कारण दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ ।

सोमबार दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेको थियो । गत हप्ता चर्को गर्मीपछि धेरै राज्यमा गर्मी बिदाको घोषणा भइसकेको छ ।

भारतीय मौसम विज्ञान विभागले यस साता राजधानी दिल्लीमा कडा गर्मी हुने भविष्यवाणी गरेको थियो ।

जलवायु परिवर्तनका कारण मौसममा असर परेको र अहिले गर्मीको लहरको अवधि पहिलेभन्दा बढेको वैज्ञानिकहरुको विश्वास छ ।

यति मात्र होइन, गर्मीको लहर पनि पहिलेको भन्दा कडा बन्दै गएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com