इटाली जान हिडेका २३ ट्युनिसियाली आप्रवासी समुद्रमा बेपत्ता


प्रकाशित मिति : जेष्ठ ५, २०८१ शनिबार

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका छन् । ट्युनिसियाली नेसनल गार्डले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “ मे ३ मा अबेर राति उत्तरपश्चिमी प्रान्त नाबुलको कोरबाको तटबाट अवैध रूपमा इटाली प्रवेश गर्ने प्रयास गरेका तर सुरक्षा गार्डको अवरोधपछि समुद्रमा अलपत्र परेका २३ जना ट्युनिसियाली आप्रवासीको एक समूहको परिवाससँगको सम्पर्क टुटेको पिडित परिवारका सदस्यले जनाकारी गराएका छन् ।

पारिवारिक श्रोतका अनुसार मे १४ र १५ देखि २३ जनाको समूहमा रहेका उनीहरू परिवारको सम्पर्कबाट टाढिएका हुन् । उनीहरूको अवस्थाबारे जानकारी गराउन वेपत्ताजनका आफन्तहरूले अन्तर्राष्ट्रिय आप्रवासनमामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्गठनलगायतका अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूसँग अपील गरेका छन् ।

“इटालीको साम्द्रिक सुरक्षा गार्डले बेपत्ता अवैध आप्रवासीको खोजी कार्य जारी रहेको तर उनीहरूको अवस्थाबारे लामो समयसम्म जानकार िप्राप्त हुन नसकेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, ट्युनिसियाली सुरक्षा एकाइहरूले गैरकानुनीरूपमा आप्रवासनमा पठाउन सम्लग्न रहेको आरोपमा पाँच व्यक्तिलाई पक्राउ गरेका छन् । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया युरोपमा अनियमित प्रवेश गर्न चाहने आप्रवासीहरूको लागि मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो ।

ट्युनिसियाली तटबाट अवैध आप्रवासन रोक्न ट्युनिसियाली अधिकारीहरूले कडा कदम चालेको भएपनि ट्युनिसियाका लागि यो समस्या बढ्दो चुनौतीका रूपमा देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com