जबलिया शिविरमा इजरायली हमला : २८ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ५, २०८१ शनिबार

Israeli forces, dispatched to the border with Gaza in southern Israel, scan the area near Ashdod on October 8, 2023 as the battle against holdout Hamas fighters continues. Israel also pounded targets in the Gaza Strip on October 8 as Prime Minister Benjamin Netanyahu warned of a “long and difficult” war ahead after Hamas Palestinian militants launched a massive surprise attack the previous day. (Photo by GIL COHEN-MAGEN / AFP)

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले शनिबार जनाएको छ ।

उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेका र मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका जनाएको छ ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइलहरू प्रहार गरेका बताएका छन् ।

अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूह इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन् ।
घटनापश्चात एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण भएको ठाउँमा पुगेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले हवाई र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको र सयौँ हताहत भएका छन् ।

यसैबीच, कमल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

यसअघि, गाजामा सशस्त्र प्यालेस्टिनी समूहहरूले तिनीहरूका सदस्यहरू जबलिया शिविरमा प्रवेश गर्ने इजरायली सेनासँग भयानक लडाइँ लडिरहेका बताएका थिए ।

इजरायल डिफेन्स फोर्स आईडीएफ ले शनिबार एक विज्ञप्तिमार्फत सेनाले जबलियामा धेरै लडाईहरूमा आतङ्कवादी ठूलो सङुख्यामा लडाकूको मृत्यु भएको जनाएको छ । आईडीएफले कारबाहीका क्रममा इजरायलतर्फ आक्रमण गर्न तयारी अवस्थामा राखिएकारकेट लन्चरलाई नस्ट गरेको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com