गाजामा फसेका मध्ये १७ अमेरिकी चिकित्सकको उद्धार


प्रकाशित मिति : जेष्ठ ५, २०८१ शनिबार

इजरायलले रफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभयो । उनीहरुको उद्धार जेरुसेलमस्थित अमेरिकी दूतावासको सहयोगमा सम्भव भएको हो ।

अमेरिकी डाक्टरहरू संलग्न समूह र उनीहरुका परिवारसँग सम्पर्कमा रहेको बताइएकोछ । गाजा नछोड्ने निर्णय गरेका तीनजना डाक्टरसमेतले दूतावासले आफ्नो प्रस्थानलाई सहज बनाउने कुरा बुझेको उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको स्रोतले जनाएको छ ।

दूतावासको टोलीले सीमामा डाक्टरलाई स्वागत गर्न केरेम शालोम क्रसिङ्गमा यात्रा गरेको स्रोतले जनाएको छ । इजरायलले राफाहबाट इजिप्टको सीमा क्रसिँग बन्द गरेपछि त्यहाँ फसेका २० अमेरिकी डाक्टरमध्ये १७ को प्रस्थानपछि सहायता संस्थाले डाक्टरहरूलाई गाजामा फिर्ता ल्याउने चुनौतीको सामना गर्नुपर्ने सिएनएनले जनाएको छ ।

अमेरिकी डाक्टरलाई भाग्न मद्दत गर्ने प्रयाससँग परिचित स्रोतका अनुसार इजरायली सेनाले कब्जा गरेपछि राफाह क्रसिङ्ग बन्द भएकाले उनीहरूको उचित व्यपस्थापन गर्नु प्रमुख चिन्ताको विषय हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राफाह क्रसिङ्ग, सञ्चालनमा रहँदा विदेशी सहायता कामदारका लागि एक मात्र प्रवेश तथा निकास बिन्दु थियो । इजरायली र इजिप्टका अधिकारी अहिलेसम्म यसलाई पुनःखोल्ने सहमति हुन सकेको छैन ।

नफर्किने निर्णय गर्ने डाक्टरमध्ये एक डा एडम हामावी हुनुहुन्छ उहाँले २० वर्ष पहिले पनि इराकमा जीवन बचाउन मद्दत गर्नु भएको थियो ।

यस मामिलासँग परिचित स्रोतका अनुसार उहाँ प्यालेस्टिनी र अमेरिकन मेडिकल एसोसिएसनसँग गाजा गई अन्य डाक्टरले जिम्मेवारी पुरा नगरी छोड्नु उचित नभएको महसुस गरेको सिएनएनले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

विश्वव्यापीरुपमा अमेरिकी प्रशासनसँग मिलेर धेरै निकायले गाजामा सहायता र मानवीय कार्यकर्ता ल्याई कामदारका लागि आवश्यक सुरक्षा प्राप्त गर्न दबाब दिने काम गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com