चुनावको बेला भारतीय जनताले चर्को गर्मीको सामना गर्नुपर्ने चेतावनी


प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार

भारतले तीन सातामा दोस्रो पटक तातो लहर लू को सामना गरिरहेको मुलुकको मौसम ब्युरोले चेतावनी दिएको छ । यसमा छ साताको निर्वाचनमा लाखौँ मानिसले मतदान गर्ने क्षेत्र पनि समावेश छन् ।

सन् २०१९ को पछिल्लो राष्ट्रिय निर्वाचनको तुलनामा जारी मतदानमा भएको गिरावटका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सजिलै तेस्रो कार्यकाल जित्नुहुने व्यापक अपेक्षाका साथै गर्मीमा औसतभन्दा धेरै तापक्रम पनि कारक रहेको विश्लेषकहरूले बताएका छन् ।

सात चरणको निर्वाचनमा नयाँ चरणको मतदान सोमबार हुनेछ । यसमा मतदान हुने भारतका केही भागमा तापक्रम सामान्यभन्दा दुईदेखि तीन डिग्री सेल्सियस बढी हुने अपेक्षा गरिएको छ ।

उत्तर प्रदेश, पश्चिम बङ्गाल, महाराष्ट्र र झारखण्ड राज्यमा सोमबार मतदान हुँदैछ । त्यहाँ ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रमसहित ‘मध्यम’ लू चल्ने अपेक्षा गरिएको बिहीबार राति गरिएको पूर्वानुमानमा बताइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय मौसम विभागले शिशु, वृद्ध र दीर्घरोगीहरूका लागि ‘मध्यम स्वास्थ्य चिन्ता’ को चेतावनी दिँदै ती राज्यका बासिन्दालाई गर्मीबाट बच्न सल्लाह दिएको छ ।

राजधानी दिल्लीमा पनि सप्ताहन्तमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको पूर्वानुमानमा उल्लेख छ । दक्षिण र दक्षिणपूर्वी एसियामा करोडौँ मानिसले गत महिना लामो समयसम्म गर्मीको सामना गर्नुपर्दा फिलिपिन्स र बङ्गलादेशमा विद्यालय बन्द गर्नुपरेको थियो ।

भारतको निर्वाचन आयोगले प्रत्येक चरणको मतदानअघि गर्मीको लहर ९लू० र आद्र्रताको प्रभावको समीक्षा गर्नका लागि कार्यदल गठन गरेको गत महिना बताएको थियो ।

नयाँदिल्ली नजिकैको सहर मथुरामा अप्रिलको अन्त्यमा मतदानको दिन तापक्रमले ४१ डिग्री सेल्सियस पार गरेपछि मतदानमा पाँच वर्षअघिको तुलनामा करिब नौ अङ्कले गिरावट आएको निर्वाचन आयोगको आँकडाले देखाएको छ ।

प्रधानमन्त्री मोदीले यसै महिना आफ्नो गृहराज्य गुजरातमा मत खसालेपछि मतदाताहरूलाई मतदानको दिन ‘सकेसम्म धेरै पानी पिउन’ आग्रह गर्नुभयो ।

भीषण गर्मीको तापक्रमबाट भारत अछूतो छैन तर वर्षौंको अनुसन्धानबाट जलवायु परिवर्तनका कारण एसियाली उपमहाद्वीप र विश्वभर गर्मीको लहर लामो, लगातार र अधिक तीव्र बनिरहेको पत्ता लागेको छ । यसै साता वित्तीय राजधानी मुम्बईसहित मुलुकका धेरै भागमा भीषण आँधी आएको छ ।

आँधीका कारण मुम्बईमा विशाल बिलबोर्ड खस्दा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस भग्नावशेषमा फसेका थिए । बिहीबार पश्चिम बङ्गालमा आँधी र चट्याङबाट कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com