नेपालका लागि ओबामाको किशोरी केन्द्रीत कार्यक्रम


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाल तथा लाओसका लागि ‘लेट गर्लस् लर्न’ कार्यक्रम विस्तार गरेको घोषणा गरेका छन् । आसियान राष्ट्रहरुको सम्मेलनमा भाग लिन लाओस पुगेका ओबामाले उक्त घोषणा गरेका हुन् ।

उनले उक्त कार्यक्रम घोषणा गर्दै भनेका छन्, ‘महिलाहरुले पुरुषको जत्तिकै अवसर नपाउने हो भने संसारका कुनै पनि देश बास्तविक रुपमा सफल हुन सक्दैनन् ।’ साथै उनले ‘लेट गर्लस् लर्न’ आफु र पत्नी मिसेल ओबामाले आफुलाई निकै गौरवान्वित महशुस भएको बताएका छन् ।

‘लेट गलर््स लर्न’ ह्वाइट हाउसबाट सार्वजानिक गरिएको अमेरिकी सरकारको कार्यक्रम हो । यो शिक्षा मुख्य गरि विद्यालय शिक्षा पुरा गर्न नसकेका किशोरीहरु प्रति लक्षित हुने गर्दछ । कार्यक्रमले किशोरीलाई विद्यालय पुग्न नसक्ने समस्यालाइई सम्बोधन गर्ने प्रयास गर्दछ । यो कार्यक्रम प्रथम पटक २०१५ मार्चमा घोषणा गरिएको थियो । यस कार्यक्रमले किशोरीहरुमा आफ्नो जीवनको महत्वपूर्ण निर्णय गर्न र समाजका लागि योगदान दिन सघाउने अपेक्षा गरिएको छ ।

यो कार्यक्रमले विश्वव्यापी रुपमा किशोरीहरुको जीवनस्तरमा सुधार ल्याउने र उनीहरुको जीवनमा शिक्षाको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ । हाल संसारभर करिब ६ करोड २० लाख किशोरीहरु मध्ये झण्डै आधा संख्या विद्यालयभन्दा बाहिर रहेको आकलन गरिएको छ । त्यस्तै नेपाल र लाओसमा पनि ठुलो सख्यामा किशोरीहरु विद्यालयभन्दा बाहिर रहेकोले उनीले नेपाल र लाओसलाई विशेष लक्षित गर्दै उक्त कार्यक्रम घोषणा गरेका हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com