मुम्बईमा ठूलो होर्डिङ भत्किँदा १४ जनाको ज्यान गयो , छानविन गरेर कारवाही गर्ने सरकारको चेतावनी


प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार

मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा ठूलो होर्डिङ भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।

मुम्बई नगर निगमका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते विभिन्न अस्पतालमा भर्ना भएका छन् । ३१ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार घाटकोपर इ क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ बेलुका एक्कासी आएको भीषण हावाहुरीले खसेको हो ।
अधिकारीहरुका अनुसार यो होर्डिङ पेट्रोल पम्पमा खसेको थियो जहाँ पानी र हावाहुरीका कारण ठूलो संख्यामा मानिसहरु अड्किएका थिए ।

राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनास्थलको निरीक्षण गरेपछि दुर्घटनामा घाइते भएका बिरामीलाई भेट्न अस्पताल पुग्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले मुम्बईका सबै होर्डिङको विशेष संरचनात्मक लेखा परीक्षण गरिने र,‘दुर्घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कर्तव्य ज्यान मुद्दा बताउनु भयो ।

उहाँले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com