मस्को, १३ भदौ । रसियाले जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गर्ने प्योङ्याङको निर्णय चिन्ताजनक भएको जनाएको छ ।
रसियाका उपविदेश मन्त्री सेर्गेई ¥यावकोभले उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रम बारेको विवाद चर्कने क्रममा रहेको देखिएको भन्दै यसबाट यसक्षेत्रको समग्र सुरक्षामा समस्या आउनसक्ने बताउनुभएको हो ।
उहाँले उत्तर कोरियालाई भड्काएको भनेर संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकोसमेत आलोचना गर्नुभएको छ ।
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले उसका छिमेकी र संयुक्त राष्ट्र संघको अपमान गरेको बताउनुभएको छ ।
ट्रम्पले सबै विकल्पहरु वार्ताको टेबलमा रहेको बताउनुभयो । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।