नेपालले बुधबार तेस्रो टी –२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ को सामना गर्दै , खेलपछि विश्वकप खेल्ने नेपाली टिमको घोषणा हुने


प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार

Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Syed Haider of United Arab Emirates during the ACC Men’s Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

नेपालले बुधबार आज तेस्रो टी –२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ को सामना गर्दैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो । त्यसकारण ५ खेलको टी–२० श्रृङ्खला एक एक को बराबरी अबस्थामा छ । घरेलु टोली नेपाल र पाहुना टोली वेस्ट इन्डिज दुवै, सिरिजमा अग्रता बनाउने प्रयासमा हुनेछन् ।

सिरिजका दुवै खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रर्दशन गरेका थिए । श्रृङ्खलाको चौथो खेल बिहीवार र पाँचौ तथा अन्तिम खेल शनिवार हुनेछ । बुधबारको खेलको प्रदर्शनका आधारमा नेपालले केही खेलाडी टी–२० विश्वकपका लागि छनोट गर्ने संभावना रहेकोछ ।

विश्वकपका लागि भनेर नै नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले खेलाडीको परीक्षण गरिरहेका छन् । त्यसैले आजको खेलमा पनि टोलीमा खेलाडी परिवर्तन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रशिक्षक देसाईले पहिलो खेल खेल्ने टोलीमा दोस्रो खेलका बेला पाँच खेलाडी परिवर्तन गरेका थिए । विश्वकप छनोटका लागि भनेर नै क्यानले पहिले घोषणा गरेको टोलीमा चार खेलाडी थप्दै २० सदस्यीय बनाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सम्ममा सहभागी हुने सबै २० देशका लागि नाम टुङ्गो लगाउन यसअघि नै निर्देशन दिएको थियो ।

भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका केही देशले आफ्ना खेलाडीको टुङ्गो लगाइसकेका छन् । विश्वकप क्रिकेट अघि वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com