अतिरिक्त हुलाकका १० हजार कर्मचारीलाई सरकारले किन हटाउदै छ ?


प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार

सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने भएको छ । त्यहाँ कार्यरत कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिइने छ । अतिरिक्त हुलाकको काम नभएको भन्दै खारेजी प्रक्रिया अघि बढाइएको हो ।

सरकारले बजेटमार्फत नै अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेको थियो । पूर्वसचिव शंकरप्रसाद अधिकारी अध्यक्षतमा बनाइएको कार्यदलले अतिरिक्त हुलाक खारेज गर्न सिफारिस गरेको थियो ।

सो कार्यदलले अतिरिक्त हुलाकमा १० हजार ५ सय ८५ दरबन्दी रहेको औंल्याएको थियो । हुलाकको काम घट्दै गएको तर राज्यलाई ठूलो आर्थिक भार रहेको निष्कर्षका आधारमा अतिरिक्त हुलाक खारेज भएको हो । कर्मचारीहरुले भने खारेज गर्ने निर्णयको विरोध गरेका छन् ।

अतिरिक्त हुलाक नियमावली संशोधन गर्दै सुविधासहित कर्मचारीलाई स्वेच्छिक अवकाश दिन लागिएको छ । अतिरिक्त हुलाकतर्फ करिब १० हजार कर्मचारी छन् । हुलाक प्रतिनिधि, वितरक र डाँक वहाकलाई सेवा अवधिका आधारमा पाँच किसिमको सुविधा तोकिएको छ । राजपत्रमा प्रकाशित उपचार खर्चलाई आधार बनाएर थप सुविधाको तय गरिएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निमावलीको नियम १२ क मा अतिरिक्त हुलाकका कर्मचारीले सुरु पारिश्रमिक स्केलको आधा महिनाको तलबमा नढ्ने गरी उपचार खर्च पाउने उल्लेख छ । सोही उपचार खर्च र सेवा अवधिलाई आधार बनाएर थप सुविधा तय गरिएको छ ।

कुनै पनि अतिरिक्त हुलाकका सबै कर्मचारीले अवकाश पाएपछि त्यस्तो हुलाक खारेज हुने र त्यसको काम जिल्ला हुलाकले गर्ने व्यवस्था मिलाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com