प्यालेस्टाइनी फोटोग्राफर सलिमको फोटोेलाई फोटो अफ द इयर को सम्मान


प्रकाशित मिति : बैशाख ८, २०८१ शनिबार

यो एक धेरै प्रभावशाली तर दुखद क्षण थियो।’ यो भनाई हो प्यालेस्टाइनी फोटोग्राफर मोहम्मद सलिमको, जसको फोटो वर्ल्ड प्रेस फोटो २०२४ प्रतिस्पर्धामा फोटो अफ द इयर चुनिएको छ ।

यस प्रतिस्पर्धामा १३० देशका करिब ४ हजार फोटोग्राफरले ६१ हजार फोटो पठाएका थिए, जसमध्ये मोहम्मद सलिमको तस्बिरलाई विश्व प्रेस फोटो संगठनले सम्मानका लागि छनोट गरेको छ ।

सलिमको यो तस्बिरमा एउटी महिलाले हातमा कात्रोले बेरिएको बच्चालाई समातेकी छिन् । हमासले गत वर्ष अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको ठिक एक हप्तापछि सलिमको फोटो खिचिएको हो ।

त्यतिबेला गाजा पट्टीमा इजरायली आक्रमण सुरु भइसकेको थियो । यो घटना खान युनिसमा भएको थियो, जहाँ धेरै प्यालेस्टिनी परिवारहरू इजरायली बमबारीबाट बच्न गाजापट्टीमा शरण लिने प्रयास गरिरहेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्बिरमा को को छन् ?
युद्धको सुरुवातमा इजरायलले गाजाका जनतालाई दक्षिणतर्फ सर्न आदेश दिएको थियो । यद्यपि, अक्टोबरको मध्यमा इजरायलले गाजा पट्टीका केही दक्षिणी भागमा पनि बमबारी गरेको थियो, जसमा खान युनिस पनि समावेश थियो।

यसैबीच अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका फोटोग्राफरहरू नासिर अस्पतालको शवगृहमा पुगेका थिए । प्यालेस्टिनीहरूले इजरायली बमबारीपछि हराइरहेका आफ्ना आफन्तहरूको खोजी गरिरहेका थिए।

मोहम्मद सलिमले इनस अबु मामरलाई कात्रोमा बेरेर राखेकी बच्चालाई समातेर रोइरहेको देखे। त्यो शव उनको पाँच वर्षीया भतिजी थियो, जसको खान युनिसमा रहेको घरमा इजरायलले बम बारी गरेको थियो। त्यसपछि तत्काल इनस आफ्ना आफन्तको अवस्था बुझ्न अस्पताल पुगिन् ।

आक्रमणमा परी बालिकाकी आमा र परिवारका अन्य दुई सदस्यको मृत्यु भएको थियो । रोयटर्सका अनुसार उनी इनसको सबैभन्दा प्यारी भतिजी थिइन् र उनको फोनमा उनकी भतिजीको तस्बिरमा फेला परेको थियो ।

यसपछि इन्स अस्पतालको शवगृहतर्फ गइन्, जहाँ उनले आफ्नो भान्जीको शव भेट्टाइन् । जब मैले बच्चालाई देखेँ र उसलाई आफ्नो हातमा लिएँ, म बेहोस भएँ, उनले रोयटर्ससँग भनिन्।

रोयटर्सका अनुसार उनी इनसकी सबैभन्दा प्यारी भतिजी थिइन् र उनको फोन उनकी भान्जीको फोटो र भिडियोले भरिएको थियो।
बालिकाका भाइ अहमद जो चार वर्षका थिए । उनी भने आक्रमणबाट बाँच्न सफल भएका थिए । आक्रमणको समयमा उनी घरमा थिएनन् । अहमद अहिले इनससँग बस्छन्।

फोटोग्राफर

त्यस क्षणलाई कैद गर्ने फोटोग्राफरले भने, ‘यो एक प्रभावशाली र दुखद क्षण थियो जसले गाजा पट्टीको पीडादायी कथा बताउँछ ।’ केही दिनअघि मात्र आफ्नो श्रीमतीले बच्चा जन्माएकाले यो निकै संवेदनशील समय भएको उनले बताए ।
सन् १९८५ मा जन्मेका मोहम्मद सलिम गाजा पट्टीमा बस्ने प्यालेस्टाइनी फोटोग्राफर हुन् । उनले गाजा विश्वविद्यालयबाट मिडियाको अध्ययन गरेका छन् ।
सलिमसन् २००३ देखि रोयटर्सका लागि प्यालेस्टाइन–इजरायल द्वन्द्वमा काम गरिरहेका छन् । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत सात महिनामा हमास–इजरायल युद्धका क्रममा गाजा पट्टीमा करिब ३४ हजार व्यक्तिको मृत्यु भएको छ । बिबिसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com