ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित , इन्डोनेसियामा सुनामीको चिन्ता


प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित भएका छन । ति मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुरÞयाएको छ, जुन मापनमा सबैभन्दा उच्च ७ सय मिटर अग्लो छ ।

एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका ८ सयभन्दा बढी बासिन्दाहरूलाई टागुलान्डाङ टापुमा सारिएको थियो ।

अधिकारीहरूले बढ्दो बहिष्करण क्षेत्रका कारण थप मानिसहरूलाई बाहिर निकाल्न र मनाडोमा ल्याउनुपर्ने बताएका छन् । “जोखिम क्षेत्रका कम्तिमा ११ हजार ६ सय १५ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ’’, विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरू सन् १८७१ मा भएको विस्फोटमा जस्तै, ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र सुनामी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् ।

उड्डयन अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी फैलिएको कारण, जसले उडान सुरक्षालाई खतरामा पार्न सक्ने छ ।

विमानस्थलले दक्षिण कोरिया, चीन र सिङ्गापुर लगायत अन्य राष्ट्रहरूका लागि उडानहरू प्रदान गर्दछ । नजिकैको मलेसियाको कोटा किनाबालु अन्तर्राष्ट्रिय विमानस्थल जाने उडानहरूमा पनि गम्भीर अवरोध आएको छ ।

चालु हप्तामा दुईवटा भूकम्पपछि, देशको ज्वालामुखी विज्ञान सेवाका अनुसार माउन्ट रुआङको गतिविधिमा वृद्धि देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com