भारतीय प्रधामन्त्री मोदी बिरुद्ध मुद्धा दायर , ६ बर्षसम्म चुनाव लड्न बन्देज लगाउन माग


प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कारबाही गर्न माग गर्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरिएको छ । प्रधानमन्त्री मोदीले सिख , हिन्दु देवी देवता र पूजास्थलको नाममा भोट मागेको आरोपमा वकिल आनन्द एस जोन्धलेले याचिका दायर गर्नुभएको हो ।

याचिकामा जनप्रतिनिधित्व ऐन अन्तर्गत प्रधानमन्त्री मोदीलाई ६ वर्षका लागि निर्वाचनमा अयोग्य ठहराउन निर्वाचन आयोगलाई निर्देशन दिन माग गरिएको छ । साथै धार्मिक देवता र पूजास्थलको नाममा भोट माग्न बन्द गर्न पनि निर्देशन दिन भनिएको छ ।

याचिकामा उत्तर प्रदेशको पिलिभीतमा अप्रिल ९ मा मोदीले दिएको भाषणलाई उद्धृत गरिएको छ । सम्बोधनका क्रममा मोदीले हिन्दु देवता र पूजास्थलका साथै सिख देवता र सिख पूजास्थलको नाममा भाजपालाई भोट दिन मतदातालाई अपिल गरेको जोन्धले बताउनु भयो ।

राम मन्दिर आफूले बनाएको भाषणका क्रममा मोदीले भनेको आरोप लगाउनु भएको छ । भाषणका क्रममा उहाँले करतारपुर साहिब कोरिडोरको विकास गरेको अनि गुरुद्वाराहरूमा खुवाइने लङ्गरमा प्रयोग हुने सामग्रीमाथिको जीएसटी हटाएको बताएको भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानबाट गुरु ग्रन्थ साहिबका प्रति फिर्ता पनि उहाँले नै ल्याउनु भएको थियो । मोदीले भाषणमा हिन्दु र सिख देवता र तिनका धर्मस्थलको नाममा भोट माग्नुको साथै विपक्षी राजनीतिक दललाई मुस्लिम पक्षधर भएको टिप्पणी पनि गरेको जोधको तर्क छ । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com