पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना


प्रकाशित मिति : बैशाख २, २०८१ आईतबार

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा परेको हो । समुद्रि सतहबाट दुई हजार छ सय ४० मिटर उचाइको पहाडमा रहेको सेतिनी झरना र आसपास मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

रघुगङ्गा–७ चिमखोलाका सप्रसाद पुनले सेतिनि झरनाको सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताउनुभयो । “अग्लो पहाडबाट खस्ने झरना जति हेरे पनि धित मर्दैन”, उहाँले भन्नुभयो “यसको सुन्दरताको प्रचारप्रसार नहुँदा पर्यटक भित्र्न सकेका छैनन् ।”

दुई वटा पहाडको बिचभागमा खोलाले बनाएको खोँचबाट खस्ने सेतीनी झरनाको उचाइ करिब एकसय ३० मिटर छ । बर्खामा पानी ठूलो हुँदा झरनामा इन्द्रेणी देखिन्छ । हिउँदमा झरनाको पानी वरपरको पहाडमा जमेर सेताम्मे हुन्छ । शान्त र एकान्त ठाउँमा अवस्थित यो झरनाको प्रचारप्रसार गर्न सके यस क्षेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पुनको भनाइ छ ।

बस्तीबाट टाढा रहेको झरना वरपर लालीगुराँसको जङ्गल छ । निर्माणाधीन ठूलोखोला जलविद्युत् आयोजनाको बाँध र उपल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको नजिकै सेतिनी झरना अवस्थित छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत्गृहबाट बाँधतर्फ जाने पहुँचमार्गको यात्रा गर्दा सेतिनी झरनालाई दायाँतर्फ देख्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लवले सडकको छेउमा उक्त झरना अवलोकनस्थल र सूचनामूलक बोर्ड राखेका छन् । स्थानीयवासी र जलविद्युत् आयोजनाका कर्मचारी तथा मजदुर थकान मेटाउन र रमाइलोका लागि झरना अवलोकन गर्न आउँछन् ।

झरनाको विशेषताका बारेमा प्रचारप्रसार र पूर्वाधार बनाउने हो भने पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको सेतिनी भ्यालीमा होटल सञ्चालन गरेका चिमखोलाका कुशल पाइजाले बताउनुभयो ।

काठैकाठले निर्माण गरिएको टहरामा सञ्चालित होटल परिसरबाट सेतिनी झरना र धौलागिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । यो झरना धौलागिरि सेञ्चुरी, आइसफल र टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्गमा समेटिएको छ ।

तीन वटै धौलागिरि हिमालको आधार शिविर भएर म्याग्दी र मुस्ताङ आवतजावत गर्ने पदमार्ग हुन् । रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजा ९रिम०ले सेतिनी झरना हुँदै धौलागिरि आधार शिविर र मुस्ताङको लेते निस्कने पदमार्ग निर्माणलाई पूर्णता दिएर पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com