टर्की र अमेरीका मिलेर आईएसविरुद्ध थप आक्रमण गर्ने


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

टर्की र अमेरीका मिलेर स्ल्ाँमिक स्टेट (आईएस)को पकडमा रहेको सीरियाको रक्कामा संयुक्त हमला गर्ने सहमति गरेको छ ।
चीनमा भएको जी ट्वेन्टीको बैठकमा अमेरीकी राष्ट्रपति बाराक ओबामाले चरपन्थीको अखडा रक्कामा संयुक्त हमला गर्ने सुझाव दिएको टर्कीका राष्ट्रपति तैयिप अर्दोआनले बताएका छन् ।
राष्ट्रपति अर्दोआनले अमेरीकाको प्रस्ताव आफूलाई स्वीकार्य भएको पनि बताएका छन् । अघिल्लो महिना टर्कीले सीरियाली क्षेत्रमा प्रवेश गरी आईएस र कुर्द लडाकुविरुद्ध सैन्य काराबाही गरेको थियो ।
टर्कीका उप प्रधानमन्त्री नूरेतिन कानिक्लीले टर्कीको सेनाले सीरियाको सीमा क्षेत्र पूर्ण नियन्त्रणमा लिएस“गै थप कारबाहीको तयारीसाथ अघि बढेको बताएका छन् ।
उपप्रधानमन्त्री कानिक्लीले टर्की सैयिकले गरेको कारबाहीमा एक सय १० भन्दा बढी आईएस र कुर्द लडाकुको मृत्यु भएको जिकिरसमेत गरेका छन् ।
सिरियाली राष्ट्रपति बशर अल असद र रुसले भने अमेरिका र टर्कीको संयुक्त कारबाहीको निन्दा गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com