नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढे : पत्रकार महासंघ


प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार

नेपाली पत्रकारिता क्षेत्रका लागि २०८० साल चुनौतीपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासङ्घले बताएको छ । महासङ्घमा अभिलेख भएअनुसार २०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुर्व्यवहार गर्ने, आक्रमण गर्ने, गिरफ्तारी गर्ने, सूचना सङ्कलनमा अवरोध गर्ने जस्ता घटना महासङ्घमा अभिलेख भएका छन् ।

२०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने २०७८ मा प्रेस स्वतन्त्रता हननका ७४ घटना भएका थिए । महासचिब रोशन पुरीले जारी गर्नुभएको बिज्ञप्तिका अनुसार यसमा पक्राउका ३ घटना तथा कब्जा र अवरोधका ३ वटा घटना भएका छन् ।

यस अवधिमा १५ जनामाथि आक्रमण भएको छ भने ३० जनामाथि दुर्व्यवहार र धम्की दिइएको छ । महासङ्घको मिडिया मनिटरिङका अनुसार पेसागत असुरक्षाका १२ घटना हुँदा लैङ्गिक हिंसाका एक घटना भएका छन् ।

‘महासङ्घमा दर्ता भएका श्रम समस्याहरू बिस्तारै हल हुँदै गएपनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता छ ।
सञ्चार क्षेत्रमा देखिएको गम्भीर खालको आर्थिक सङ्कटसँग जुध्ने र प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती नयाँ वर्ष सँगसँगै भित्रिएको छ ’ बिज्ञप्तिमा भनिएको छ । २०८० सालमा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वव्यापी रूपमा देखिएको आर्थिक सङ्कट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका महासंघले बताएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com