अमेरिकी दूतावासनजिक आत्मघाती आक्रमणमा चारको मृत्यु


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

काबुल, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्युु भएको छ ।

अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन ।

कडा सुरक्षाको व्यवस्था रहेको यस स्थानमा आत्मघाती आक्रमणकारीले बोकेको बम विस्फोट गराएका थिए । स्थानीसमयाअनुसार मङ्गलबार विहान १० बजे भएको यस आक्रमण तालिबान वा आइएसले गरेको भन्ने बारेमा केही बताइएको छैन ।

सुरक्षाका हिसाबले अति संवेदनशिल रहेको सो क्षेत्रमा भएको हमलापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो क्षेत्र बजार इलाकामा रहेको छ । उक्त क्षेत्रमा इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको बताइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com