आरसिबिमाथी मुम्बईको फराकिलो जित


प्रकाशित मिति : चैत्र २९, २०८० बिहीबार

आईपीएल क्रिकेट अन्तर्गत बिहिबारराती भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु लाई हराएको छ । मुम्बई संग बेंगलूरु ७ विकेटले पराजित भएको हो ।

बेंगलूरुले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर २७ बल बाँकी रहदै भेटायो । म्यान अफ द म्याच मुम्बईका जसप्रित बुमराहले ५ बिकेट लिए । मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । आरसिबिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए । दिनेश कार्तिकले ५३ र रजत पतिडरले ५१ रन बनाए ।

जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ । आरसिबि ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ । आईपीएलमा शुक्रबार लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनऊमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com