सेनाले सुनौलो इतिहास रच्ने…


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

(नारायणप्रसाद न्यौपाने)

काठमाडौँ, १३ भदौ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ ।

काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ ।

चारवर्ष अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो ठूलो आयोजनाको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । सो द्रुतमार्ग २५ मिटर चौडाइको हुने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालु आवको बजेटमा सरकारले यो द्रुतमार्ग निर्माणमा रु १० अर्व १३ करोड बजेट विनियोजन गरेको छ । सडक निर्माणका लागि नेपाली सेनाले १० स्थानमा कम्तीमा पनि प्रत्येक क्याम्पमा १०० जना प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित सेना तैनाथ गर्ने कार्य शुरु गरिसकेको छ ।

दु्रतमार्ग निर्माणपछि तराई–मधेसबाट काठमाडौँ डेढ घण्टामा आइपुग्नका साथै काठमाडौँ उपत्यकामा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्रै पनि वार्षिक रुपमा करिब रु १० अर्ब बचत हुने जनाएको छ ।

द्रुतमार्गको निर्माण समयमै पूरा गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्व र प्रधानसेनापतिको अध्यक्षतामा बेग्लाबेग्लै निर्देशन तथा अनुगमन समिति गठन गरिएको छ ।

छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको ट्रान्जिट मार्गको रुपमा रहने यो मार्गमा डेढ किलोमिटर लामो सुरुङ र ९९ वटा पुल रहने छन् । यो मार्गको ट्रयाक पनि नेपाली सेनाले नै खनेको हो ।

नेपाली सेनाले आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाली सेनाले हालसम्म मुलुकका २८ वटा सडक निर्माणको जिम्मेवारी पूरा गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । ती सडकको लम्बाइ एक हजार १०० किलोमिटर भएको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक उद्धव विष्टले जानकारी दिनुभयो ।

नेपाली सेनाले ओखलढुंगा–कटारी, सुर्खेत–जुम्ला, बेँसीशहर– चामेजस्ता २८ वटा सडक तोकिएको मिति अगाडि नै निर्माण पूरा गरेको थियो । मुलुकका विभिन्न स्थानमा सेनाले २८ वटा बेलिबृज जडान गरिसकेको छ ।

कठिन भूबनोट, भौगोलिक विकटता, प्रतिकुल मौसम, हवाई साधनमा मात्र निर्भरता, पहुँच मार्गको कठिनाइजस्ता चुनौतीको सामना गर्दै नेपाली सेनाले खनेका सडक सामारिक र रणनीतिक हिसाबले निकै महत्वपूर्ण रहेको प्रमुख सेनानी इन्दिवर गुरुङले जानकारी दिनुभयो ।

नेपाली सेनाले खनेका सडक गुणस्तरीय र कम लागतका हुने तथा तोकिएको समयसीमाभित्रै पूरा हुने भएकाले पछिल्लो समय सरकारले नेपाली सेनालाई त्यसको जिम्मेवारी थप गर्दै गएको हो ।

नेपाली सेनाले अहिले पाँचवटा सडक निर्माण गरिरहेको र त्यसको लम्बाइ ५२५ किमी रहेको प्रमुख सेनानी गुरुङले बताउनुभयो ।

द्रुतमार्ग निर्माणको विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग जोडेर विवाद र बहस चलाएपछि सरकारले उक्त सडकको जिम्मेवारी नेपाली सेनालाई दिएसँगै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १४ गते बाराको निजगढमा शिलान्यास गर्नुभएको हो ।

ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जेडिने उक्त मार्गको ट्रयाक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो ।

बाराको निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्ने छ । विश्वशान्ति स्थापना कार्यको ६० वर्षको यात्रामा द्वन्द्वग्रस्त मुलुकका जनताको मन जितेर पिस च्याम्पियनको छवि बनाएको नेपाली सेनाले द्रुतमार्ग निर्माणसँगै सडक पूर्वाधारण निर्माणमा पनि कीर्तिमान कायम गर्ने अभियानमा जुटेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com