दिदीबहिनी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । कैलालीको घोडाघोडी १० कनै थेवरमनमा दुई युवती मृत अबस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक पदमबहादुर बिष्टका अनुसार २७ बर्षिय श्रीमालु चौधरी र २२ बर्षिया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुण्डिएको अबस्थामा फेला परेका हुन ।
घटनाको कारण फेला नपरिसकेको प्रहरीले बताएको छ । बिबरण अनुसार दुबै जना युबतीमा स्वास्थ्य समस्या रहेको थियो । दिदीले मुटु र बहिनीले डिप्रेसनको औषधी खानेगरेको पारिवारीक श्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।