गुरु राम रहीम सिंहको जेल सजाय बीस वर्ष


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

भारतमा बलात्कारी ठहरीएका एकजना विवादास्पद धर्मगुरु राम रहीम सिंहले कुल २० वर्ष जेल सजाय बेहोर्नु पर्ने भारतका कानूनी अधिकारीहरुले बताएका छन्।

उनलाई जेल सजाय सुनाएको अदालतका अधिकारीहरुले स्पष्ट पारे अनुसार, दुईजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका गुरमित राम रहीम सिंहले लगातार दुईवटा दश बर्षे जेल सजाय भुक्तान गर्नुपर्नेछ।

यसअघि उनलाई दश वर्षे जेल सजाय सुनाइएको बताइएको थियो।

गुरमित राम रहीमका वकिल एस. के. गर्गले संचारमाध्यमसंग कुरा गर्दै उनलाई बलात्कारको दुवै मुद्दामा १५-१५ लाख जरिवाना पनि गरिएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीबीसी हिन्दी सेवासंग कुरा गर्दै सीबीआईका प्रवक्ता आर.के. गौडले पनि गुरमित राम रहीम सिंहलाई २० वर्षे जेल सजाय भएको पुष्टि गरेका छन्।

सन् २००२ मा दुईजना महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा शुक्रबार सीबीआईको विशेष अदालतमा दोषी ठहर गरिएका ति गुरु गुरमित राम रहीम सिंहलाई सोमबार सजाय सुनाइएको थियो।

भक्तले छाड्न थाले गुरु राम रहिमलाई

को हुन् गुरु राम रहीम?

गुरु बलात्कारी ठहरिंदा भारतमा हिंसा

बीस वर्ष

प्रत्येक अपराधको कसुरमा सुनाइएको दश दश वर्षको जेल सजाय उनले लगातार भुक्तान गर्दै कुल बीस वर्ष थुनामा रहनु पर्ने अदालतका अधिकारीहरुले स्पष्ट पारेका छन्।

सेना परिचालन

यसअघि उनलाई जम्मा दश वर्ष मात्र जेल सजाय सुनाइएको विवरणहरु प्राप्त भएका थिए।

वादी पक्षले उनलाई आजीवन कारावास सजायको माग गरेको थियो।

भारतीय संचार माध्यमका अनुसार, सजाय सुनाइनु अघि नै उनका अनुयायीहरुले एउटा सवारी साधनमा आगो लगाइदिएका थिए।

गत शुक्रबार उनलाई दोषी ठहर गर्ने फैसला भए लगत्तै हरियाणा र पञ्जाव राज्यहरुमा ठूलो स्तरको दंगा मच्चिएको थियो जस्मा ३८ जनाको ज्यान गएको थियो।

फेरि नयां हिंसा शुरु नहोस् भनेर हजारौं दंगा प्रहरीहरु परिचालन गरिएको छ।

तनावपूर्ण

सेना परिचालन

अवस्था तनावपूर्ण रहेपनि हालसम्म हिंसाका ठूला घटनाहरुका भएको विवरणहरु नआएको अधिकारीहरुले बताएका छन्।

ति गुरुको आश्रम डेरा सच्चा सौदा रहेको स्थान सिरसामा कर्फ्यू लगाइएको छ।

भारतीय सेनाले उक्त आश्रमको विशाल परिसरमा रहेका करिब चार हजार अनुयायीहरुलाई त्यहांबाट अन्त्यत्र जान मनाएका छन् तर अझै पनि हजारौं मानिस त्यहां बसिरहेका छन्।

बलात्कार पिडितहरुका वकिलले भनेका छन् ति गुरुका लागि थप कडा सजायको माग गर्दै उच्च अदालतमा पुनरावेदन गरिनेछ।

साथै उनी विरुद्धका अन्य यौन दुर्व्यवहार सम्बन्धी आरोपहरुमा छानविनको माग पनि गरिनेछ।

ति गुरुका वकिलहरुले पनि उनलाई दिइएको सजायका विरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com