शुक्रबार न्युयोर्क सिटी हल्लाउने भूकम्पपछि २९ वटा पराकम्प, के ठूलो पराकम्पको जोखिम छ?


प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार

Empire State building

न्युयोर्क सिटीमा शुक्रबार विहान १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता झण्डै २९ वटा पराकम्पहरु गएको युएस जिओलोजिकल सर्भेले रेकर्ड गरेको छ । तीमध्ये सबैभन्दा ठूलो पराकम्प शुक्रबार बेलुका ५ बजेर ५९ मिनेटमा गएको थियो, जुन ३ दशमलव ८ रेक्टर स्केलको थियो । त्यो यता २ रेक्टर स्केलभन्दा कमका १० वटा पराकम्प गएका छन् भने शनिबार विहान ६ बजेर ४६ मिनेटमा २ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको छ ।

शुक्रबार बेलुका ५ बजेर ५९ मिनेटको सबैभन्दा ठूलो पराकम्प अगाडि पनि १६ वटा पराकम्पहरु गएका थिए । तीमध्ये १४ वटा २ वटा कम रेक्टर स्केलका थिए भने १० बजेर २९ मिनेटमा गएको पराकम्प २ दशमलव ६ रेक्टर स्केलको र १ बजेर ३२ मिनेटमा गएको पराकम्प २ दशमलव २ रेक्टर स्केलको थियो । शुक्रबार विहानको भूकम्प न्युजर्सीलाई सबैभन्दा धेरै हल्लाउने २४१ बर्षको सबैभन्दा ठूलो भूकम्प थियो भने न्युयोर्क सिटीलाई सबैभन्दा बढी हल्लाउने १४० बर्षको सबैभन्दा ठूलो भूकम्प थियो । यद्यपी न्युयोर्क राज्यका केही भाग भने सन् २०११ को भर्जिनिया केन्द्रबिन्दु भएको भूकम्पले पनि योभन्दा धेरै हल्लाएको थियो ।

वैज्ञानिकहरूले मुख्य भूकम्पपछि परकम्पहरूको ढाँचाहरूमा एक परकम्प लगभग १ रेक्टर स्केलभन्दा कम, १० परकम्पहरू लगभग २ रेक्टर स्केलभन्दा कम र १०० परकम्पहरू लगभग ३ रेक्टर स्केलभन्दा कम हुने गरेको देखेका छन् । तर यसपटक कतिवटा पराकम्पहरु जानेछन् भन्नेबारे अहिले नै अनुमान गर्न गाह्रो छ । पराकम्पहरु केहीदिन र हप्तासम्मपनि जारी रहनसक्ने यूएस जियोलोजिकल सर्भेका अनुसन्धान संरचनात्मक इन्जिनियर किशोर एस जैसवालले बताएका छन् । यस्तो क्रम चलिरहँदा शुक्रबारको भन्दा ठूलो वा सोसरहको भूकम्प जानेपनि सानो सम्भावना रहेको उनले बताएका छन् ।

आगामी हप्ता भित्र ३ रेक्टर स्केल र माथिका परकम्पहरू हुने सम्भावना ७४ प्रतिशत छ भने र ५ रेक्टरस्केलभन्दा माथिको पराकम्पको सम्भावना १ प्रतिशतमात्र रहेको युएस जियोलोजिकल सर्भेले पूर्वानुमान गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार विहान १० बजेर २३ मिनेटमा गएको ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको थियो । न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ भएकाले स्थानीयबासिहरु त्रसित भएका थिए । भूकम्पको धक्का न्युयोर्कदेखि मेरिल्याण्डसम्म अनुभव गरिएको थियो । न्यु जर्सीदेखि लङ आइल्याण्डसम्मका भवनहरू हल्लिएका थिए ।

भूकम्पको धक्का महसुस भएपछि न्युयोर्क सिटीले एक आपतकालिन अलर्ट जारी गर्दै न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको थियो भने कोही घाइते भएमा ९११ मा फोन गर्न सुझाव दिएको थियो । न्युयोर्क सिटीले भूकम्प गएको झण्डै ४० मिनेटपछि ११ बजेर २ मिनेटमा सिटीका बासिन्दाहरुको फोनमा अलर्ट पठाएको थियो । आपतकालिन अवस्थामा जवाफ दिनमा ढिलो गर्दै आएको आलोचना खेप्दै आएको न्युयोर्क सिटीले अलर्ट पठाउन गरेको ढिलाइको पनि आलोचना भएको छ ।

मुख्य भूकम्पको झण्डै १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर पराकम्प गएको थियो । ११ बजेर २० मिनेटमा गएको यो पराकम्प जम्मा २ रेक्टर स्केलको भएकाले धेरैले अनुभव गरेनन् । तर न्युयोर्क सिटीले पराकम्प जानसक्ने अलर्ट पनि पराकम्प गएको झण्डै २५ मिनेटपछि पठाएको थियो । युएस जियोलोजिकल सर्भेले पनि कम्तीमा एउटा पराकम्प आउनसक्ने अनुमान गरेको थियो ।

न्युयोर्क सिटी क्षेत्रमा शुक्रबार गएको भूकम्प झण्डै १४० बर्षको  इतिहासमा सबैभन्दा ठूलो हो । सन् १८८४ को अगस्त १० मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन । त्योभन्दा अगाडि  सन्  १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो भने सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

न्युयोर्क सिटीमा पछिल्लो सबैभन्दा ठूलो भूकम्प सन् २००१ को अक्टोबर २७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको थियो, जुन २ दशमलव ६ रेक्टर स्केलको थियो । सन् २००१ को जनवरी १७ मा न्युयोर्क सिटीको म्यानहटन केन्द्रबिन्दु बनाएर गएको भूकम्प २ दशमलव ४ रेक्टर स्केलको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com