नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक सङ्कल्प


प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार

बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित विराट चक्र विज्ञान एवं जीवन विज्ञान कार्यक्रमबाट नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक सङ्कल्प गरिएको छ ।

लुम्बिनीमा एक सातादेखि सञ्चालित विराट चक्र विज्ञान कार्यक्रमको समापन कार्यक्रम तथा लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका बिभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियान्ताहरूले सामूहिक रूपमा विभिन्न पाँच बुँदे सङ्कल्प गर्नुभयो ।

कार्यक्रममा नेपाल योगभूमि, ज्ञानभूमि, बुद्धभूमि तपोभूमि रहेकाले यहाँ मैत्रीभाव समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म लिङ्ग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रका रूपमा रुपान्तरित गर्ने उल्लेख गरिएको छ ।

यस्तै नेपालमा विसं २०८१ को प्रवेशसँगै नेपाली भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रवर्द्धन गर्ने सङ्कल्प गर्दै पूर्वीय संस्कृतिको प्रयोग, संवर्द्धन तथा अभिवर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषय सम्बद्ध उपयुक्त पाठ्यक्रम एवं तालिमका लागि जनशक्ति तयार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सङ्कल्पमा नेपालमा रहेका ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्वशान्ति एवं सहअस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेशस्थित नियोग, दूतावास एवं कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउने उल्लेख छ ।

नेपाललाई ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट शान्ति, पर्यटनको केन्द्रका रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्याउने, देशभर ध्यान र योग प्रवर्द्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियान्ताहरूसँग परामर्श तथा सहकार्य गरी सबै सरकारी एवं पर्यटकीयस्थल तथा कार्यालयमा ध्यान तथा योग पद्धतिहरूको प्रयोगका लागि उपयुक्त व्यवस्था मिलाउने सङ्कल्प गरिएको छ ।

यही चैत १७ गतेदेखि आयोजित विराट चक्र विज्ञान कार्यक्रममा देशभरिका र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी पाँच हजारभन्दा बढी सहभागी रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com