आँधी र बाढीबाट टेक्सासमा १० को मृत्यु, कैयन नेपाली प्रभावित


प्रकाशित मिति : भाद्र १२, २०७४ सोमबार

अमेरिकाको टेक्सासमा इतिहासकै सबैभन्दा ठूलो आँधीपछि ह्युष्टन र नजिकैका क्षेत्रले भयानक विपदको सामना गरिरहेका छन् । अमेरिकाको चौथो ठूलो शहर ह्युस्टन बाढीमा डूबेको छ भने अहिलेसम्म कम्तीमा १० जनाको ज्यान गएको न्युयोर्क टाइम्सले जनाएको छ । नेपालीहरुको समेत बाक्लो बसोबास रहेको क्षेत्र भएका कारण कैयन नेपालीहरु प्रभावित भएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो अवस्थाबारे जानकारी समेत दिइरहेका छन् ।

ह्यारिस काउन्टी लगायतका क्षेत्रमा अहिलेसम्म ३० इन्च भन्दा धेरै पानी परेको छ भने टेक्सासका ५४ वटा काउन्टीलाई त्यहाँका गभर्नरले प्रकोप प्रभावित क्षेत्र घोषणा गरेका छन् । राष्ट्रिय मौसम सेवाका अनुशार बुधबारसम्म बर्षा निरन्तर भइरहनेछ ।

ह्युस्टनमा आँधीभन्दा अगाडि घर खाली गर्न चेतावनी नदिइएका कारण असंख्या ह्युस्टबासीहरु डूबानमा परेका छन् । उनीहरुको उद्दारकार्य जारी छ । मान्छेहरु डुबानबाट बच्न माथिका तल्लाहरुमा र घरका छतहरुमा बसिरहेका छन् । टेक्सासका कैयन सडकहरु जलमग्न भएका छन् भने गाडीहरु पनि डूबानमा परेका छन् । बाढीबाट ह्युस्टन, भिक्टोरिया र कोर्पस क्रिस्टी सबैभन्दा धेरै प्रभावित भएको जनाइएको छ ।

गल्फ अफ मेक्सिकोबाट सुरु भएको आँधीले शुक्रबार राती पौने १० बजेतिर टेक्सासको कोर्पस क्रिस्टी प्रभावित बनाएको छ । १३० माइलप्रतिघण्टाको गतिमा हावा चल्दा कोर्पस क्रिस्टी क्षत विक्षत भएको थियो । त्यसपछि आँधी कोर्पस क्रिस्टीदेखि ह्युस्टन, इनल्याण्डबाट अस्टिन र सान अन्टोनियो तथा लुजियानका केही भागमा फैलिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com