चिकित्सक भन्छन् : मस्तिष्काघातबाट बर्सेनि हजारौँ नेपालीको मृत्यु , जोगिन के गर्ने होला त ?


प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार

मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ ।
नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा डा गोपालरमण शर्माले मस्तिष्काघातको उपचार महङ्गो रहेको भन्दै मस्तिष्काघात भएपछि छिटोभन्दा छिटो अस्पताल ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मस्तिष्काघात भएका बिरामीलाई छिटोभन्दा छिटो अस्पताल नल्याए पक्षघात हुने वा बचाउन कठिन हुने अवस्था भएकाले बढीमा चार/पाँच घण्टाभित्रै अस्पताल ल्याइसक्न सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”

स्नायुरोग विशेषज्ञ डा बाबुराम पोखरेलले व्यक्तिको अनुहार बिग्रने, शरीरको सन्तुलनसहित आँखाको ज्योति गुम्ने, बोली लरबरिने र हातले काम गर्न छाड्नेजस्ता सङ्केत मस्तिष्काघातको लक्षण हुनसक्ने भन्दै त्यसतर्फ सचेत भई बिरामीलाई अस्पताल लैजान सुझाव दिनुभयो ।

स्नायुरोग विशेषज्ञले नसर्ने रोगका रुपमा परिचित मस्तिष्काघातबाट बर्सेनि हजारौँ नेपालीको मृत्यु हुने गरेको, पक्षघातको समस्या झेल्नुपरेको र ठूलो धनजनको नोक्सान भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालले मस्तिष्काघातसम्बन्धी समस्या समाधानका लागि चौबिसै घण्टा सेवा उपलब्ध गराइएको, चिरफार शल्यक्रिया ९ओपन सर्जरी० र सानो प्वाल बनाई न्यूरो इन्टरभेन्सन विधिबाट शल्यक्रिया गर्दै आएको र निकट भविष्यमा ‘कम्प्रिहेन्सिभ स्ट्रोक सन्टेर’ सञ्चालन गर्न लागेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com